आशिकालाई साह्रै भो ‘ल्वाङ पिरो….’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २३ कार्तिक सोमबार
no img

काठमाडौं । नवोदित गायिका आशिका गुरुङले झ्याउरे भाकाको दोहोरी ‘ल्वाङ पिरो सोल्टिनी’ बोलको गीत म्युजिक भिडियोसहित बजारमा ल्याएकी छन् । उक्त गीत यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । सो गीतमा गायिका गुरुङलाई गायक देव आलेमगरले स्वरमा साथ दिएका छन् । टिपिकल लोक झ्याउरे भाका समेटिएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन कमल एक्चैमगरले गरेका हुन् । गीतको भाव र मर्मअनुसार म्युजिक भिडियोको छायांकन पनि गाउँमै गरिएको छ ।

asmita

निर्देशक कमलका अनुसार उक्त गीतको छायांकन तनहुँको बाइसजाँगरमा गरिएको हो । म्युजिक भिडियोमा गुरुङ र मगर समुदायमा प्रचलित रोधी बस्ने संस्कृतिलाई चित्रण गरिएको छ । म्युजिक भिडियोमा आकाश र अस्मिता गुरुङको मोडलिङ हेर्न सकिन्छ । केही समयअघि अम्बिका म्युजिकले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोलाई पर्फमिङ आर्ट क्रियशनले निर्माण गरेको हो । गायक देव आलेमगरको लय तथा शब्द संकलन रहेको उक्त गीतको भिडियो हाल यु–ट्युबमा लोकप्रिय बन्नेक्रममा छ ।

Comments