‘यादमा’ लिएर आए डिबी
screennepal
प्रकाशित: २०७२, २३ कार्तिक सोमबार
no img

काठमाडौं । गायक डिबी लिम्बूले आफ्नो पहिलो आधुनिक गीति एल्बम ‘यादमा’ सार्वजनिक गरेका छन् । संगीतकार ओमप्रकाश राईसँग लामो समय संगीत साधना गरेपछि एल्बम ल्याएको गायक डिबीले बताए । एल्बम ‘यादमा’ ओमप्रकाशकै शब्द तथा संगीत रहेको छ । एल्बमका पाँच गीतमध्ये चार गीतमा ओमप्रकाश र एउटा गीतमा विरेश राईको शब्द रहेको छ ।

DB Limmu
एल्बममा मैले मन पराएको मान्छे, जाँदैछु, तिमीले छाडेर, वैशको बेलामा र झुमझमाझसम बोलका गीत रहेका छन् । यी गीतमध्ये ‘मैले मन पराएको मान्छे’ बोलको गीतको म्युजिक भिडियोसमेत तयार भइसकेको गायक डिबीले बताए । उनले भने, ‘अब केही दिनमै म्युजिक भिडियो रिलिज गर्दैछु ।’ एल्बममा आधुनिक, पप तथा लोकपप शैलीका गीत रहेको छन् । एल्बम रिलिज गरेपछि श्रोता÷दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको बताए । मोरङ, पाटी–५ का गायक डिबीले भने, ‘सानैदेखि गीतसंगीतमा लाग्ने सोच थियो । अहिले आएर बल्ल पूरा भएको छ ।’

Comments