नयाँ सोचका साथ जुटे गोर्खाली कलाकार !
screennepal
प्रकाशित: २०७२, २२ कार्तिक आईतवार
no img

काठमाडौं । गोर्खा जिल्लाबाट काठमाडौं आएर कलाकर्ममा क्रियाशिल कलाकार एकजुट भएका छन् । गोर्खा चौतारी म्यूजिकको आयोजनामा नजिकिँदै गरेको दीपावलीको अवसर पारेर आयोजना गरिएको गोर्खाली कलाकारको भेला, शुभकामना आदानप्रदान एवं चियापान समारोह कार्यक्रममा ५० भन्दा बढी कलाकार भेला भएका थिए । गोर्खा चौतारी म्यूजिकका प्रबन्ध निर्देशक सुनिल लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक विरही कार्की, गायिका देवी घर्ती, निर्देशक शिव विक, म्यूजिक खबर डटकमका सुमन बैरागी, लोक संचारकर्मी नेपालका सागर गुरुङ, अभिनेत्री रञ्जिता गुरुङ, गायिका मुना थापा, मोडल विजय थापा, मौसम गुरुङलगायतका अतिथिको सहभागिता थियो ।
भेलामा कलाकारले गोर्खाली कलाकार एकजुट हुनुपर्ने माग राखेका थिए ।

New Image

अतिथिले सम्पूर्ण गोर्खाली नेपाली र सम्पूर्ण नेपाली गोर्खाली भएर विश्वमा चिनिएको अवस्थामा गोर्खाली कलाकारहरु भने अहिलेसम्म एकजुट हुन नसक्नु दुःखको कुरा भएको बताएका थिए । ५० जना भन्दा बढी कलाकारको भेलाले सुनिल लामिछानेको संयोजकत्वमा एक तर्दथ समिति गठन गरेको छ । जुन समितिले गोर्खा जिल्लाबाट राजधानीमा आएर कलाकर्ममा लागेका गायक, गायिका, निर्देशक, मोडल, रचनाकार, संगीतकार, एरेन्जर, बाद्ययवादक, रंगमञ्चका कलाकार एवं चलचित्र क्षेत्रमा लागेका सबै कलाकारहरु एकठाउँमा भेला गराउन प्रचारप्रसार गर्ने काम गर्नेछ भने तिहार लगत्तै बृहत भेला गराएर गोर्खाली कलाकर्मीको छाता संगठन निर्माण गर्नेछ ।
तदर्थ समितिको उपसंयोजकमा गायक प्रेम अर्याल, सचिवमा पत्रकार एवं गीतकार सुमन बैरागी, कोषाध्यक्षमा नायिका रञ्जिता गुरुङ, सदस्यहरुमा सागर गुरुङ, विजय थापा, दिनेश थापा, गणेश जिसी, विरही कार्की, रविन लामिछाने, मुना थापा, सञ्जय गुरुङ, सुनिला गुरुङ, बबिता बानियाँ जेरी, सुमन परियार, सन्तोष दवाडी, नारायण ढकाल, रञ्जित परियार, रामबाबु रेग्मी, सुजन परियार लगायतको प्रचार प्रसार समिति गठन गरिएको छ ।
गोर्खा जिल्लाबाट काठमाडौं आएर कलाकर्ममा लागेका कुनै पनि स्रष्टाले यो समाचारलाई आधिकारिक मानेर तदर्थ समितिका कुनै पनि सदस्यलाई सम्पर्क गर्न पनि सक्नुहुनेछ

Comments