प्रतिस्पर्धामा नेपालस् टप मोडल !
screennepal
प्रकाशित: २०७२, २१ कार्तिक शनिबार
no img

काठमाडौं । पछिल्लो समय नेपालमा मोडलिङ गतिविधिहरु फस्टाएका छन् । यसै क्रममा नयाँ र पुराना मोडलबीच व्यबसायिक प्रतिस्पर्धाका लागि ‘नेपालस् टप मोडल–२०१५’ प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिताका टेलिभिजनबाट आठ भागसम्म प्रशारण हुनेछ । पुराना र नयाँ मोडलबीच खुला प्रतिस्पर्धा रहने यो प्रतियोगिता टेलिभिजन च्यानलबाट हरेक साता प्रशारण हुने आयोजक संस्था युहान इन्टरनेशलन इभेन्टस् प्रालिका प्रबन्ध निर्देशक सानु खानले जानकारी गराए । मंसिरको पहिलो साताबाट अडिसनसँगै प्रतिस्पर्धा सुरु गरिने उनले बताए ।

IMG_7948 copy
बलिउड अभिनेत्री हेजेल किचको बिशेष आतिथ्यमा गत महिना युहानले नेपाली मोडललाई अन्तराष्टिय बृत्तमा पु¥याउन मोडल क्वेस्ट इन्टरनेशनल नेपाल–२०१५ आयोजना गरेको थियो । सो प्रतियोगितामा उत्कृष्ट भएका मोडलहरु अन्तराष्टिय क्षेत्रमा विभिन्न मोडलिङ प्रतियोगितामा सहभागी हुँदैछन् । उपाधि पछि सो प्रतियोगिताका केही मोडलहरु म्युजिक भिडियो तथा विभिन्न विज्ञापनमा मोडलिङ गर्ने अबसर समेत पाईसकेका छन् ।
नेपालस् टप मोडलहरुको मोडलिङ गतिबिधि सहित उनीहरुबीच हुने विभिन्न उपाधिको प्रतिस्पर्धा हरेक साता टेलीभिजनबाट प्रशारण गरिने छ । सो क्रममा उनीहरुलाई अभिनय, नृत्य, क्याटवाक, व्यक्तित्व विकाश, फोटो सुट सहित मोडलिङका विभिन्न ज्ञानहरु दिईने आयोजक खानले जानकारी गराए । प्रतियोगीहरुलाई विभिन्न पहिरनमा विभिन्न ‘सिक्वेन्स’मा ¥याम्पमा उतार्ने र यो प्रतियोगितामा राजधानीका विभिन्न बुटिकहरुलाई पनि सहभागी गराईने पनि खानले बताए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नेपालका चर्चित अभिनेता अभिनेत्रीहरुलाई पनि ‘सो स्टपर’को  रुपमा अतिथि बनाएर उतारिने भएको छ । उपाधि बिजेता र उप बिजेताले म्युजिक भिडियो, विभिन्न विज्ञापनमा मोडलिङको अबसर साहित विभिन्न उपहार प्राप्त गर्ने छन् ।

Comments