‘फ्यान’ टिजरमा शाहरुख खानको नयाँ लुक्स
screennepal
प्रकाशित: २०७२, १७ कार्तिक मंगलवार
no img

शाहरुख खान अभिनित बलिउड सिनेमा ‘फ्यान’को अफिसियल टिजर सार्वजनिक भएको छ । खानको पचासौं जन्मदिनको छेकोमा निर्माण कम्पनी यशराज फिल्मसले टिजर सार्वजनिक गरेको हो ।

आइतबार उनले घरबाहिर जम्मा भएका सयौं फ्यानलाई अभिवादन गर्दै जन्मदिन मनाए । रिलिज गरिएको टिजरमा गौरव नामक पात्रको परिचय गराइएको छ । शाहरुखको दोहोरो भूमिका छ फिल्ममा ।

मनिष शर्मा निर्देशित फिल्म आउँदो अप्रिल १५ मा रिलिज हुँदैछ ।

Comments