महेश र सुन्दरलाई अन्तराष्ट्रिय अवार्ड
screennepal
प्रकाशित: २०७२, २७ आश्विन बुधबार
no img

काठमाडौं । भारतको हिमाचल प्रदेशको सिमलामा ५ अक्टोवरदेखि ९ सम्म चलेको कलर्स अफ यूनिभर्स अन्तर्राष्ट्र्यि कला प्रदर्शनीमा १२ नेपाली कलाकारले भाग लिइ नेपाल फर्केका छन् । सो प्रदर्शनीमा चित्र, मूर्ति तथा तस्बीर राखिएको थियो । नेपाली कलाकारको संयोजन कलाकार नगेन्द्रप्रसाद पौड्यालले गरेका थिए । जसमा समसामयिक चित्रकला तर्पmका ६ जना कलाकार, परम्परागत कला तर्पmका ५ तथा समसामयिक मूर्तिबाट १ जना कलाकार सहभागी रहेको सो प्रदर्शनीमा अन्तर्राष्ट्रिय अवार्ड नेपालका दुई र भारतका एकजना कलाकारले प्राप्त गरेका छन् । प्रदर्शनीमा नगेन्द्र प्रसाद पौड्याल, भुवन थापा, देवेन्द्र थुम्केली, केशव राज खनाल, सुन्दर सिंखवाल, रामप्रकाश श्रेष्ठ, राजप्रकाश तुलाधर, समुन्द्रमान श्रेष्ठ, उजय बज्राचार्य, गणेश कुमार जिसी, रमेश कुँवर र महेश आचार्य सहभागी भएका थिए । नेपालबाट अन्तराष्ट्रिय अवार्ड महेश आचार्य र सुन्दर सिंखवालले प्राप्त गरेका छन् ।

art (1)
‘कलामार्फत नेपाल र भारतबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण काम गर्न यो प्रदर्शनी सफल रहन गयो’, कार्यक्रमका नेपालतर्फको संयोजन गरेका पौड्यालले बताए । उनले थपे, ‘नेपाली कलाकारका कला पनि अन्तराष्ट्रिय रुपमै प्रभाव पार्ने खालका थिए । यसले हाम्रो कलाको वस्तुस्थिति पनि थाहा पाउन मद्दल मिल्यो ।’
कार्यक्रममा सहभागी कलाकार केशव राज खनालले यो प्रदर्शनीले नेपाली कलाकारलाई फराकिलो क्षेत्र निर्माण गर्न मदत मिलेको बताए । उनले भने, ‘एकअर्का बीचको कलाको अवस्था बुझ्ने राम्रो अवसर यो प्रदर्शनी दियो ।’ प्रदर्शनीमा सहभागी मूर्तिकार भुवन थापाले नेपाली समसामयिक मूर्तिकला अन्तर्राष्ट्रिय रुपमै चिनाउन हामी सफल भएको बताए ।

art (2)
प्रसिद्ध साहित्यकार जगदीश शम्शेर राणाले नेपाली कलाकारको शिमलामा कला प्रदर्शनी हुनु राम्रो भएको बताए । उनले नेपाली कलाकारलाई अवसर र प्रोत्साहन मिलेमा निकै राम्रा कलाकृति बनाउन सक्ने बताए । साथै राणाले सहभागी नेपाली कलाकारलाई ५ दिनसम्म शिमलाका ऐतिहासिक तथा पर्यटकीय स्थलको भ्रमण गराएका थिए । त्यस्तै हिमाचल प्रदेश विश्वविद्यालय भिजुअल आर्ट डिर्पामेन्टले नेपाली कलाकारलाई स्वागत गरेको थियो । सो अवसरमा सो डिर्पामेन्टका विधार्थीमाझ नेपाली पौभा कलाका विषयमा उजय बज्राचार्य र समुन्द्रमान श्रेष्ठले पावर प्वाइन्टका माध्यमबाट जानकारी गराएका थिए ।

Comments