पाँचथरकी सविता भइन् ‘मिसेस नेपाल इन्टरनेशनल’
screennepal
प्रकाशित: २०७२, २५ आश्विन सोमबार
no img

काठमाडौं । पाँचथरकी सविता लामिछाने ‘मिसेस नेपाल इन्टरनेशनल–२०१५’ घोषित भएकी छन् । राजधानीमा आयोजित बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा आफ्ना १७ स्पर्धीलाई पछाडि पार्दै लामिछानेले उपाधि जितेकी हुन् । उनले वेष्ट पर्सनालिटी र वेष्ट स्पीचको उप उपाधिसमेत जितेकी छन् । लामिछाने सातमुहाने देउराली बचत ऋण सहकारी संस्थाकी मेनेजर पदमा कार्यरत छिन् । रिवन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा सातदोबाटोकै रीती बराल फष्ट रनर्सअपका साथ मिसेस ट्यालेण्ट, नयाँ वानेश्वरकी परिकल्पना राई सेकेण्ड रनर्सअपका साथ मस्ट क्रियटिभ र भ्युअर्स च्वाईस, बुढानिलकण्ठकी विजेता श्रेष्ठ थर्ड रनर्सअपका साथ वेष्ट हेयर र व्युटी विथ पर्पस तथा बबरमहलकी स्मिता पाण्डे फोर्थ रनर्सअपका साथ मस्ट फ्रेण्डली भएका छन् ।

sabita
परिचय राउण्डबाट शुरु भई प्रश्नोत्तर, उत्कृष्ट १२ र उत्कृष्ट ५ हुँदै विजेता चरणमा पुगेर सम्पन्न भएको थियो। फिल्मकर्मी तथा सञ्चारकर्मी नारायण पुरी, अभिनेता रेश मरहठ्ठा, अभिनेत्री सरिता लामिछाने र नन्दिता केसी तथा बैंकर्स अनिता प्रधानको निर्णायक मण्डल रहेको प्रतियोगितामा सुमन तामाङ भेटवाल मष्ट पपुलर उपाधिको विजेता भएकी थिइन् । उनी वेष्ट स्माइलसमेत चुनिएकी थिइन्। गीत, नृत्य र हास्यव्यग्य प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा उषा लिम्बु सुब्बा मिससे क्याटवक, सोनम श्रेष्ठ केसी मिसेस फोटोजेनिक, दीपीका श्रेष्ठ बस्नेत मिसेस फेशन आइकन, सन्ध्या देउला मिसेस व्युटिफुल, सरस्वती डंगोल वेष्ट फिजीक, जानकी थापा मगर वेष्ट स्कीन, सरला श्रेष्ठ मिससे कन्जिनियालिटी, मीरा मानन्धर वेष्ट डिसिप्लेन र वेष्ट आर्टवर्क, प्रतिमा केसी सोसल वेलफेयर एम्बेसडर, सरिता भुजु श्रेष्ठ मष्ट चार्मिङ, अनिता गुरुङ वेष्ट फिटनेस, सर्वानी पाण्डे वेष्ट एक्टिङ अवार्ड र फेसबुक च्वाईसको विजेता भएका छन् ।

sabita l
अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न कार्यक्रममा भरत समरी वाणी व्याण्डले गीत संगीत प्रस्तुत गरेका थिए भने उर्जा गौतमले नृत्य प्रस्तुत गरेकी थिइन् । त्यसैगरी भरतमणी पौडेल र नविन खतिवडाले हास्य प्रस्तुति प्रस्तुत गरेका थिए ।

Comments