बौद्ध स्तुपा परिसरमा भुकम्पअघि र पछिका तस्बिर
screennepal
प्रकाशित: २०७२, २३ आश्विन शनिबार
no img

काठमाडौं । भुकम्पअघि र पछिका तस्बिर समेटेर बौद्धनाथ क्षेत्र विकास समितिले स्पुपा परिसरमा तस्बिर प्रदर्शनी गरेको छ । लिच्छवीकालमा निर्मित र युनेस्कोको विश्व सम्पदा सुचिमा परेको यो स्तुपामा हाल जीर्णोद्धार चलिरहेको छ । स्तुपाको संरक्षणप्रति जनस्तरमा सन्देश सम्प्रेषण गराउन प्रदर्शनी गरिएको समितिका अध्यक्ष सम्पुर्णकुमार लामाले बताए । स्वर्गमा फूल चोरेबापत सजाय भोग्न धर्तीमा जन्मेकी एक अप्सराको मिथस“ग जोडिएको यो सम्पदाका नया“ पुराना तस्बिरले अवलोकनकर्तालाई धेरै जानकारी प्रदान गर्छन् । असोज पहिलो साता शुरु प्रदर्शनी यो महिनाभरि चल्ने लामाले जनाए । विनोद कार्की र सचिन योगल श्रेष्ठले खिचेका ७० तस्बिरहरू प्रदर्शनीमा छन् ।

1444464773418_Pro-Ktm-UML PM (3)
भूकम्पबाट माथिल्लो भागको १३ स्टेप पूरै क्षतिग्रस्त बनेको स्तुपा अहिले जीर्णोद्धार क्रममा छ । पर्यटकदेखि स्वदेशी दर्शनार्थीहरू स्तुपाको झल्को मेटाउनकै लागि पनि प्रदर्शनीमा पसेर पुरानो तस्बिर हेरिरहेका भेटिन्छन् । भूकम्पअघिका तस्बिरहरू तुलनात्मक रूपमा कलात्मक देखिन्छन् । फोटोग्राफरहरूले दिउ“सो, बिहान र सा“झको गरी विभिन्न प्रकाश मुडलाई फ्रेममा कैद गरेका छन् । विशेष गरी सा“झका तस्बिरहरू बढी कलात्मक छन् । भूकम्पपछि खिचिएका तस्बिरहरूमा भने कलात्मकताभन्दा सूचनामूलक तत्व बढी पाइन्छ ।

bauda stupa
स्तुपाको गजुरभित्र भेटिएका १९ वटा तामाका बाकसहरू, वरिपरि मोरिएका कलात्मक पाता, निर्माण संरचनालाई बलियो बनाउन प्रयोग हुने पुरानो नेपाली काष्ठकलासम्म तस्बिरहरू रोचक लाग्छन् । ‘गजुरभित्र भेटिएका तामाका बाकसभित्र के छन्, कसले राखेका हुन्, अहिलेसम्म कसैलाई थाहा छैन, खोलेर हेर्ने कुरा पनि आएन,’ लामाले भने, ‘पुरातत्व विभागको रोहबरमा लाहछाप लाएर ती सामग्रीहरू अहिले प्रहरी सुरक्षाभित्र राखेका छौं ।’
प्रदर्शनी हेर्न आउनेहरू तामाको बाकसको तस्बिर छेउ पुगेपछि प्रश्न सोध्छन् । ‘यी बाकस भेटिएपछि हामी आफैं पनि छक्क परेका थियौं,’ समितिकै सदस्य वसन्तराज लामाले भने, ‘झ्याजिमाकै पालादेखिको हो कि ?’

bauda2
कथा अनुसार झ्याजिमा कुनै समय स्वर्गकी अप्सरा थिइन् । फूल चोरेबापत धर्तीमा जन्मेकी उनको घोडा व्यापारी, सुंगुर व्यापारी, कुकुर व्यापारी र कुखुरा व्यापारी गरी चारजना पुरुषस“ग बिहे भया े। उनीहरूबाट क्रमशः ताजेबु फजेबु, खिजेबु र ज्याजेबु नामक छोराहरू भए । एक दिन पूर्वजन्मको घटनाबारे पत्तो पाएपछि झ्याजिमाले धर्मकर्म गर्ने निधो गरिन् र राजास“ग जग्गा मागेर स्तुपा बनाउन थालिन् । दुई वर्षमै झ्याजिमाको निधन भएपछि चारजना छोराले सात वर्ष लाएर स्तुपा बनाएको मिथ प्रचलित छ । इतिहासकारहरूमध्ये कसैले यो निर्माणको समय लिच्छवी राजा शिवदेव त कसैले मानदेवको समयलाई मानेका छन् ।
‘यस हिसाबले पनि स्तुपाको भग्नावशेषभित्र भेटिएका सामग्रीहरू धेरै पुराना हुन सक्छन्’ लामाले भने, ‘कसैले प्रत्यक्ष अवलोकन गर्न नपाएका यी सामग्रीबारे तस्बिरमार्फत भए पनि सर्वसाधारणले सूचना पाओस् भनेर प्रदर्शनी गरेका हौं ।’ निस्शुल्क हेर्न पाउने प्रदर्शनीका तस्बिरहरू बिक्रीका लागि भने हैनन् । असोज पहिलो साता शुरु भएको प्रदर्शनी एक साता जारी रहने छ ।

Comments