मानषी भइन् १३औं ‘किड क्विन नेपाल’
screennepal
प्रकाशित: २०७२, २३ आश्विन शनिबार
no img

काठमाडौं । आफ्ना १९ प्रतिस्पर्धीलाई पछि पार्दै ‘१३औं किड क्विन नेपाल–२०१५’ को उपाधि मानषी तामाङ ले जितेकी छन् । शुक्रबार दिउँसो राजधानीको प्रज्ञा भवनमा आयोजित प्रतियोगितामा मानषीले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् । उनले उपाधिसहित विभिन्न उपहार प्राप्त गरिन् । नेप्लिज फेशन होमद्धारा १३ वर्षदेखि बालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिँदै आएको यस प्रतियोगितामा यसपटक ‘फस्ट रनर अप’को उपाधि प्रिज्मा गौतमर दीक्षा सिटौलाले ‘सेकेण्ड रनरअप’ उपाधि हासिल गरेका छन् ।

Kids Queen nepal
त्यस्तै, प्रतियोगितामा बेस्ट स्किनको उपाधि सिम्रन महर्जन, बेस्ट हेयरका उपाधि सनम राईले प्राप्त गरिन् भने बेस्ट पर्सनालिटीको उपाधि सृष्टी महर्जन र बेष्ट ड्रेसको उपाधि स्नेह शाक्यले जितिन र त्यस्तै, मिस डिसिप्लेनको उपाधि एनी साहुखलले हाँसिल गरिन् भने शोसियल वेलफेयर अम्बासडरको उपाधि रोमा शाहले हाँसिल गरिन् । उनले ५० दर्जन कापी र पेन्सिल जम्मा गरेर दोलखाको ग्रामिण क्षेत्रमा वितरण गरेकाले उनलाई ‘शोसियल वेलफेयर अम्बासडर’ उपाधि प्रदान गरिएको हो ।

kk
मिस फ्रेण्डपिसको उपाधि वर्षा राईले पाइन भने मिस चार्मिङको उपाधि कमना चाम्लिङ राईले हासिल गरिन् । यस्तै, बेस्ट स्माईलको उपाधि रेजिस्ना खाती, फोटो जेनिक उपाधि मुस्कान वाग्लेले पाइन् । मुस्कान स्वयंम पनि फोटोग्राफर हुन् । मोस्ट ट्यालेन्टको उपाधि पनि मुस्कान वाग्लेले नै हासिल गरिन् ।

kd
कार्यक्रमको सञ्चालन रोजिन शाक्यले र कोरियाग्राफी रोहिया महर्जनले गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा नेपाल बुटिक एशोसिएसनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, शिक्षासेबी राजु महर्जन, नमुना कलेज अफ फेशन एन्ड टेक्नोलोजीका उपप्रमुख जिबेश्वरलाल श्रेष्ठ, कानून व्यवसायी लक्ष्मण महर्जन, कल्पना पिया श्रेष्ठ, यस वर्षकी मिस नेवा सरिना स्थापित र खगेश रञ्जित थिए । बालिकाहरुलाई सामाजिक बोध गराउनुका साथै उनीहरुको प्रतिभा प्रस्तुतिका लागि ‘किड क्विन नेपाल’ आयोजना गर्दै आएको आयोजक संस्था नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

Comments