विवाहित महिलाहरुको विविध कला
screennepal
प्रकाशित: २०७२, १९ आश्विन मंगलवार
no img

काठमाडौं । २२ असोज राजाधानीमा हुने विबाहित महिलाबिचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेशनल–२०१५’ को ट्यालेण्ट उपाधिका लागि प्रतियोगीले आ–आप्mना प्रतिभा प्रदर्शन गरेका छन् । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताको ‘ट्यालेण्ट राउण्ड’अन्र्तगत प्रतियोगीले सांस्कृतिक र मौलिकका साथ आधुनिक नृत्य, गायन, वकृत्वकला, अभिनय, कुकिङलगायतका प्रतिभा प्रदर्शन गरेका थिए । जमलस्थित राष्ट्रिय नाचघरमा हुने अन्तिम प्रतिस्पर्धामा परी कल्पना राई, प्रनिता केसी, सोनम श्रेष्ठ केसी, सुनिता पाण्डे, सर्वनी पाण्डे, विजेता श्रेष्ठ, सरिता भुजु श्रेष्ठ, सरस्वती डंगोल, सुमन तामाङ भेटवाल, रीती बराल, मीरा मानन्धर, रेञ्जु थापा, अनिता गुरुङ, दीपीका श्रेष्ठ बस्नेत, जानकी थापा मगर, सन्ध्या देउला, उषा लिम्बु सुब्बा, सविता लामिछाने र सरला श्रेष्ठले स्पर्धा गर्दैछन् ।

IMG_3693

आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार बिबाहित महिलाको आत्मविश्वास एवं आत्मनिर्भरताको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगीलाई अश्विनी झाले कोरियोग्राफी गरिरहेका छन् ।

IMG_3905

Comments