प्रशिक्षणमा व्यस्त ‘रनवे मोडल’ प्रतियोगी (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १८ आश्विन सोमबार
no img

काठमाडौं । अन्तर्राष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्यसहित ‘रनवे मोडल–२०१५’ को प्रशिक्षण सुरु भएको छ । विभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा तथा २५ युवती अहिले प्रशिक्षणमार्फत अन्तिम तयारी गरिरहेका छन् । नया“ बानेश्वेरस्थित सेल्फडेभलपमेन्टमा उनीहरुको प्रशिक्षण चलिरहेको छ । अन्तर्राष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजे, भिजे, स्टेज पफमेन्स, व्यक्तित्व विकास, कम्युनिकेसन डेभलपमेन्ट, फोटो तथा भिडियो सुट ट्रेनिङलगायतका विषय प्रशिक्षणमा राखिएका छन् । आफुमा रहेको प्रतिभा निखार्दै अगाडि आउन प्रशिक्षण महत्वपूर्ण रहेको सहभागी कृतिका खरेलले बताइन् । उनले भनिन् ‘उपाधि त पछिको कुरा हो, पहिले त यसले आफ्नो ब्यक्तित्वको बिकाश गर्छ ।’

4 (1)
त्यस्तै, अर्की सहभागी बानेस्वरकी सुस्मिता शाहीले मल्लले प्रशिक्षणले आफुलाई कोराबाट अन्तराष्ट्रिय स्तरको मोडल बन्ने ब्यक्तित्वको विकाश गरेको बताइन् । स्कुल, कलेजलगायत विभिन्न शैक्षिक संस्था सिक्न नपाएका ब्यवहारिक ज्ञानका प्रशिक्षण आफुलाई प्रतियोगिताबाट मिलेको सिनामंगल काठमाडौका बिकेन्द्र पुरीले बताए । उपाधि मिले पनि नमिले पनि प्रशिक्षणबाट मिलेको ज्ञान आफुलाई जिवनभर उपयोगी हुने उनको भनाइ छ । न्युरोडका रिजेश रामपालले प्रशिक्षणले आफ्नो ब्यक्तित्व विकाशका लागि महत्वपूर्ण भुमिका खेलेको बताए । प्रतियोगिताको कोरियोग्राफर सुजलजंग केसी रहेका छन् । एक सातादेखि चलिरहेको प्रशिक्षण कार्यक्रमको अघिल्लो दिन अर्थात् आगामी २८ गतेसम्म चल्नेछ ।

1 (1)
‘महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नया“ आयाम थप्ने उद्देश्य ‘रनवे मोडल २०१५’ को रहेको छ’ आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चा“दनी लामिछानेले बताइन् । ‘फेसन र मोडलिङ जगतमा विगत १० वर्षदेखि कोरियोग्राफरको भूमिका निर्वाह गर्दै आएकी लामिछानेले आफूले हासिल गरेको अनुभव प्रतियोगितामार्फत् पोख्न लागेको सुनाइन् । अवसरको खोजीमा रहेका नेपाली महिला तथा पुरुषलाई प्रतियोगिताले उचित अवसरको सिर्जना गरेको लामिछानेको भनाइ छ ।

5 (1)
२९ असोजमा अन्तिम स्पर्धा हुने प्रतियोगीतामा शीर्ष उपाधिसहित विभिन्न दर्जन विधामा विजेता घोषित गरिनेछ । प्रतियोगिताका शीर्ष विजेताले ५० हजार नगदसहित चलचित्र, म्युजिक भिडियो, विज्ञापन, चलचित्र अभिनय अवसरका अलवा विभिन्न अन्य उपहार जित्न सक्नेछन् ।

Comments