उपाधि जितेपछि पूर्णिमाले भनिन्, ‘अभिनेत्री बन्ने उद्देश्य छ’
screennepal
प्रकाशित: २०७२, १८ आश्विन सोमबार
no img

काठमाडौं । १८ जना प्रतिस्पर्र्धीलाई उछिन्दै पूर्णिमा रायमाझीले ‘मिस नेशनल प्रिन्सेस–२०१५’ को उपाधी जितेकी छन् । पहिलोपटक आयोजना गरिएका प्रतियोगितामा जितेपछि पूर्णिमाले भविष्यमा चलचित्र अभिनेत्री बन्ने उदेश्य लिएको बताएकी छन् । उनी नृत्यमा समेत रुचि राख्छिन् । काठमाडौंमा सम्पन्न  प्रतियोगितामा जस्मिन तामाङले फस्ट रनर्सअप तथा बिनिता ओलीले सेकेण्ड रनर्सअपको उपाधी जित्न सफल भएका छन् ।

Miss-National-Princess_winner_1
जस्मिनले मिस क्याटवाकको उपाधी पनि जितिन् । प्रतियोगितामा दीपा डंगोलले मिस पर्सनालिटीको शीर्षक उपाधी जितिन् भने मुस्कान श्रेष्ठले बेस्ट स्माइलको उपाधी जितिन् । प्रतियोगितामा नुरानी महर्जनले बेस्ट डे«स, सिमरन कार्कीले पिपुल्स च्वाइस, निशा राईले मिस ब्युटिफूल, बंशु श्रेष्ठले बेस्ट हेयर तथा अष्मिता ढुंगानाले मिस फोटोजेनिकको उपाधी जित्न सफल भइन् । आरके ईभेन्ट्सले आयोजना गरेको यो प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समुहका युवतीहरुले भाग लिएका थिए ।
परिचयात्मक चरणबाट प्रारम्भ भएको प्रतियोगिता पार्टि वेयर सिक्वेन्सहु“दै अघि बढेको थियो । उक्त सिक्वेन्समार्फत बेस्ट डे«स उपाधी विजेताको छनौट गरिएको थियो । त्यसपछिका पर्फर्मेन्स राउण्डमा प्रतिस्पर्धिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यसक्रममा निर्णायकले सबै प्रतिस्पर्धिहरुलाई एक–एक वटा प्रश्न सोधे । प्रतिस्पधीहरुले दिएको जवाफको आधारमा सेमिफाइनल चरणका लागि उत्कृष्ट १० प्रतिस्पर्धिको छनौट गरियो । विजेता छनौटका लागि सोधिएको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दि“दै पूर्णिमाले उपाधी कब्जा गरेकी हुन् ।

Comments