प्रियंका र सुविनलाई धराने सम्मान
screennepal
प्रकाशित: २०७२, १७ आश्विन आईतवार
no img

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र पुर्वमिस नेपाल सुविन लिम्बुलाई धरान सरोकार समाज नेपालले एक कार्यक्रमबीच सम्मान गरेको छ । समाजको साधारणसभा तथा पुर्नमिलन कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । प्रियंका र सुविनको पुर्खौली घर धरानै भएकाले उनीहरुले विभिन्न पृष्ठमार्फत धरानको पर्यटन प्रवद्धन तथा प्रचारप्रसारमा योगदान प¥याएको भन्दै सम्मान गरिएको समाजले जनाएको छ । सुविनलाई सम्मान सँगै नगद २१ हजार पनि प्रदान गरिएको थियो । त्यस्तै, कार्यक्रममा नवविवाहित दम्पति रीमा विश्वकर्मा र रोबर्ट विश्वकर्मालाई पनि समाजले बधाई दिदै सफल दाम्पत्य जीवनको कामना गरेको थियो ।

Priyanka Karki Samman

सम्मान पाएपछि प्रियंकाले आफू धराने समाजबाट सम्मानीत हुन पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘यो सम्मान पाउँदा निकै खुसी लागेको छ किनकी, मेरो काका–काकी धरानमै हुनुहुन्छ । हामी चाड पर्वमा धरानमै जाने गर्छौ र आज धरानको चेली भनेर सम्मान पाउँदा निकै खुसी लागेको छ ।’ उनले धरानमा नजन्मिए पनि आफ्नो मनको सधैंमै हुने बताइन् ।

Subin  limbu samman

Comments