निर्मल तामाङ ‘डिआइडी’को फाइनलमा प्रवेश
screennepal
प्रकाशित: २०७२, १७ आश्विन आईतवार
no img

काठमाडौं । भारतीय चर्चित रियालिटी शो डान्स इन्डिया डान्स ‘आईडी’मा नेपालस्ति नुवाकोट विदुर नगरपालिका–११ का २३ वर्षिय निर्मल तामाङ फाइनलमा पुग्न सफल भएका छन् । उत्कृष्ट दशमा पुग्न निर्णायकको हात भए पनि त्यसपछि एसएमएस र अनलाईन भोटिङको साहारा चाहिन्छ । उनको भोट अहिलेसम्म सवैभन्दावढी आएको परिवार स्रोतले जनाएको छ । उनीसंग फाइनलमा पुग्नेहरुमा आशिष वसिस्ट, कौसिक मण्डल, प्रनिता स्वार्गीयारी र शशि आदनया छन् । आउने शनिवार साँझ सवा नौवजेसम्म भोटिङ वुथ खुल्ला रहने डीआईडी टीमले जनाएको छ । फाइनल पनि आउने शनिवार राती नै हुनेछ । प्रतियोगिता प्रत्येक शनिवार र आईतबर राती सवा नौ बजे भारतीय टेलिभिजन जीटीभीबाट प्रसारण हुँदै आएको छ ।

Nirmal tamang
पूर्वभारतीय सेनामा कार्यरत शेरबहादुर तामाङका कान्छा छोरा निर्मल वैसाखदेखि डीआईडी प्रतियोगितामा सषर्घ गरिरहेका छन् । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा छन् । निर्मललाई भोटिङ गर्न DID5 space NIR लेखेर ५७५७५ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस सेवा भारतबाट मात्रै गर्न सकिनेछ । त्यस्तै अनलाईनबाट पनि उनलाई भोट गर्न सकिने छ । अनलाईन भोटिङकालागि भोटिङका लागि www.zeetv.com/nir or www.zeetv.com/did5 लग अनगरी गर्न सकिनेछ । त्यसमा पनि कुनै समस्या आएमा निर्मलको फेसवुक फ्यान पेज facebook.com/nirmaltamang मा गएर पनि अनलाईन भोटिङ गर्न सकिनेछ । आफ्नो छोराभन्दा निर्मल नेपालकै छोरा भएको कारण उनलाई भोट गर्न उनका वुवा शेरवहादुरले सवैलाई आग्रह गरेका छन् । उनीभन्छन्, ‘निर्मलले जित्यो भने नेपालकै शान उच्च हुन्छ ।’ यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए ।

Comments