लण्डनमा विजयलाई ‘मिस्टर इन्डनवर्ग’ उपाधि
screennepal
प्रकाशित: २०७२, १४ आश्विन बिहीबार
no img

काठमाडौं । लण्डनस्थित नेपाली मोडल विजय डंगोल ‘मिस्टर इन्डनवर्ग’ को तर्फबाट द ब्रिटिस एम्पायर पेगेन्ट–२०१५ का लागि ‘मिष्टर इन्डनवर्ग’ उपाधिबाट सम्मानित भएका छन् । हालै म्याक्रुयुरी लण्डनको वाटफोर्ट होटलमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको थियो । ४३ वर्षीय डंगोल गत वर्षदेखि अबसेसन मोडलिङ एजेन्सीमा कार्यरत छन् । उनले इडेनवर्ग स्कटल्याण्ड क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए । सानैदेखि फेसनप्रति सौखिन रहेको बताउने उनी लामो समयदेखि यसै क्षेत्रमा कार्यरत छन् । यो नेपाली युवाले लण्डनमा प्राप्त गरेको ठूलो सफलतामध्ये एक हो ।

vj

‘म यो उपाधिले एकदमै गौरवान्वित भएको छु’, उनले भने, ‘द इन्टरनेशनल ब्रिटिस एम्पायर पेगेन्ट–२०१५’ को उपाधी लिन पाउँदा एकदमैं खुशीको अनुभूति भइरहेको छ ।’ म्युजिक र गायनका समेत सौखिन विजय सामाजिक कार्यमा पनि सक्रिय छन् । उनी नेपाल–स्कटल्याण्ड एशोसिएसनका क्रियाशील सदस्य हुन् ।

bijay

Comments