बसुन्धराकी समिक्षा भइन् ‘सुपर मोडल’
screennepal
प्रकाशित: २०७२, ११ आश्विन सोमबार
no img

काठमाडौं । राजधानीस्थित बसुन्धराकी समिक्षा आचार्य ‘सुपर मोडल–२०१५’ बनेकी छन् । विभिन्न जिल्लाका ३४ प्रतिस्पर्धीलाई उछिद्यनै समिक्षा ‘सुपर मोडल’ बन्न सफल भएकी हुन् । समीक्षाले ‘वेष्ट पर्सनालिटी’ सबटाइटल पनि आफ्नो पोल्टामा पारिन् ।जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा फिल्म निर्देशक दिनेश डिसी, हेयर स्टाइलिष्ट तथा फेशन डिजाइनर निल डेभिड कटुवाल, फेशन डिजाइनर विश्व गौतम, अभिनेता रेश मरहठ्ठा र अभिनेत्री नन्दिता केसीको निर्णायक मण्डलले समिक्षालाई २०१५ लागि सुपर मोडल चयन गरेको हो ।

samiksha acharya
विभिन्न गीतसंगीत, नृत्य र हास्य प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा किर्तिपुरको मच्छे गाउँकी एन्जिला मालाकार फस्ट रनरअपका साथ मस्ट पंचुअल, काठमाडौं मैतिदेवीकी जीना सिटौला सेकेण्ड रनरअपका साथ बेष्ट डान्सर, बौद्ध महांकालकी अनुशा राई थर्ड रनरअपका साथ मिस ट्यालेण्ट तथा सर्लाहीे हरिपुरकी पूजन कार्की फोर्थ रनर्सअपका साथमा ब्युटी विथ पर्पसको विजेता भए ।
रिवन इन्टरटेनमेन्टद्धारा आयोजित प्रतियोगितामा प्रविणा अधिकारी मस्ट पपुलर अवार्ड र सुष्मिता गुरुङ भ्युअर्स च्वाईस अवार्डका विजेता भए । सुष्मिताले वेष्ट स्माइलको उप उपाधिलाई पनि आप्mनो बनाइन् । अश्विनी झाको कोरियोग्राफी तथा रोजिन शाक्यको सञ्चालनमा सम्पन्न प्रतियोगितामा डेनिषा कुमाल सोसियली रेस्पोन्सिबल, श्रीना मरासिनी मिस क्याटवक, राधिका सुवेदी फेसबुक च्वाईस, दीपशिखा सापकोटा मिस फोटोजेनिक, पूजा गौतम वेष्ट हेयर, सुजु राई वेष्ट स्कीन, सुष्मिता भट्टराई मिस डिसिप्लेन, हिसीला महर्जन वेष्ट आर्टवर्क, प्रतीक्षा भण्डारी वेष्ट स्पीच, गरीमा थापा वेष्ट फिजिक, नेहा शर्मा वेष्ट फिटनेश भएका थिए ।

IMG_8696
त्यस्तै, निप्शा ढुंगाना मस्ट फ्रेण्डली, एञ्जल शाह मष्ट चार्मिङ, आशु खड्का मष्ट कन्फिडेन्ट र मष्ट एक्टिभ, मोनिका थापा मिस कन्जिनालिटी, मरियम मिर फेशन आइकन, सिर्जना गिरी मस्ट इन्टलेक्चुयल, उर्मिला शेर्पा र तृषा सिंह मेनेजमेन्ट च्वाईस अवार्ड, प्रश्ना साखः मष्ट पर्पेmक्ट, एलिजा भुजु मष्ट डिजर्भिङ, अपेक्षा केसी सोसल वेलफेयर एम्बेष्डर, बबिता लिम्बु मष्ट क्रियटिभ, नीमी शेर्पा मष्ट पोजेटिभ एटिट्युड, रीजु श्रेष्ठ युथ विथ रेष्पोन्सिबीलीटी, मुना भण्डारी वेष्ट एक्टिङ र छिरिङ डोल्कार शेर्पाले वेष्ट सिंगरको उपउपाधिलाई आप्mनो बनाए ।
गायक गायिका ध्रुव विस्को, भरत समरी र दीपा लामाले विभिन्न गीत गाएर मनोरञ्जन प्रदान गरेको कार्यक्रममा महादेव त्रिपाठीले हास्य प्रस्तुति प्रस्तुत गरेर हसाएका थिए भने दीपेन शाहका साथमा नृत्य प्रस्तुत गरेर दर्शक लोभ्याएका थिए ।

Comments