‘टलकजंग भर्सेस टुल्के’को ह्याट्रिक (विजेताको सुचिसहित)
screennepal
प्रकाशित: २०७२, ९ आश्विन शनिबार
no img

काठमाडौं । आठौं नेफ्टा अवार्डमा चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले ह्याट्रिक गरेको छ । यस चलचित्रले ‘उत्कृष्ट फिल्म’, ‘उत्कृष्ट अभिनेता–अभिनेत्री’ र ‘उत्कृष्ट संवाद’ गरी चार विधामा अवार्ड जितेको छ । यस चलचित्रबाट खगेन्द्र लामिछाने र ऋचा शर्माले ‘उत्कृष्ट अभिनेता–अभिनेत्री’ अवार्ड पाएका हुन् र यस चलचित्रको संवाद पनि खगेन्द्रले नै लेखेका हुन् । नेपाल चलचित्र प्राविधिक संघले कतारको आयोजना गरेको अवार्डमा समारोहमा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘कला रत्न’ उपाधीबाट सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले मह जोडीलाई उपाधी प्रदान गरेका थिए ।

6
कतारस्थित एसियाना टाउनको स्टेडियममा सम्पन्न अवार्डमा स्टेजमा कलाकार पुग्दा दर्शकको चर्को हुटिङ आएको थियो । कार्यक्रममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीलाई ‘पपुलर कलाकार’ को अवार्ड दिइएको छ । कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘नाई नभन्नु ल–३’को गीतमा नृत्य गरेकी थिइन् ।

9
अवार्डमा सहभागी हुनका लागि नेपालबाट करिब ८० जना कलाकार तथा प्राविधिक कतार पुगेका थिए । मह जोडीका आलाव आर्यन सिग्देल, सौगात मल्ल, सौरमराज तुलाधर, संजोग कोइराला, गौरव पहारी, बसुन्धरा भुषाल, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, अनु शाह, आस्मा डीसी, छुल्ठिम गुरुङ, आना शर्मा, अकेशा बिष्ट, रिज्जु श्रेष्ठलगायतका कलाकार कतार पुगेका थिए ।

2
कार्यक्रममा कतारमा रहेका नेपाली कलाकारले विविध प्रस्तुती पस्किएका थिए भने नेपालबाट गएका कलाकारमध्ये रिजु श्रेष्ठ, आना शर्मा, प्रियंका कार्की, गजित बिष्ट, संगम बिष्टले आफ्नो प्रस्तुती दिएका थिए । गायकद्धय राजेशपायल राई र यूवराज चौलागाइले पनि २–२ वटा गीत गाएका थिए ।

14
कार्यक्रममा विश्वकै कान्छा निर्देशक सौगात बिष्टलाई कतारको तर्फबाट अवार्ड आयोजना गरेको अन्तरराष्ट्रिय कलाकार मञ्चले सम्मान पनि गरेको थियो ।

अवार्ड विजेताको नामवली यसप्रकार छ ः
जुरी अवार्डः कबड्डी
उत्कृष्ट फिल्म  : टलकजंग भर्सेस टुल्के
उत्कृष्ट निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट अभिनेत्री :ऋचा शर्मा (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट अभिनेता : खगेन्द्र लामिछाने (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट आदिवासी फिल्म : यम्पु देउराली
उत्कृष्ट नवनिर्देशक : रामबाबु गुरुङ (कबड्डी)
उत्कृष्ट छायांकार : शैलेन्द्रध्वज कार्की (जेरी)
उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (आभाष)
उत्कृष्ट डेब्यू अभिनेत्री : आना शर्मा (जेरी)
उत्कृष्ट डेब्यू अभिनेता : हसनराजा खान (अलबिदा)
उत्कृष्ट सहअभिनेत्री : छुल्ठिम गुरुङ
उत्कृष्ट सहअभिनेता : सलोन बस्नेत (आभाष)
उत्कृष्ट खलपात्र : अनुपविक्रम शाही (हँसिया)
उत्कृष्ट चरित्र अभिनेत्री : सूर्यमाला खनाल (सुन्तली)
उत्कृष्ट चरित्र अभिनेता : सविन बाँस्तोला (सुनपानी)
उत्कृष्ट बालकलाकार : संगम बिष्ट (लभ यू बाबा)
उत्कृष्ट हाँस्य कलाकार : सुवास थापा (विर्खेलाई चिन्छस्)
उत्कृष्ट पाश्र्व गायक : यूवराज चौलागाई (नोभेम्बर रेन)
उत्कृष्ट पाश्र्व गायिका : रजिना रिमाल (नाई नभन्नु ल ३)
उत्कृष्ट एरेन्जर : अल्मोदा उप्रेती
उत्कृष्ट संगीतकार : अर्जुन पोख्रेल (स्टूपिड मन)
उत्कृष्ट शब्द : डाक्टर कृष्णहरी बराल (कोहिनुर)
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज (हवल्दार सुन्तली)
उत्कृष्ट ब्याकग्राउण्ड म्यूजिक : मनोज कुमार केसी (माला)
उत्कृष्ट एक्सन : रोशन श्रेष्ठ (वान वे)
उत्कृष्ट कला निर्देशक : अन्जान गजुरेल र पासाङ टी शेर्पा (कोहिनुर)
उत्कृष्ट साउण्ड मिक्सिङ : उत्तम न्यौपाने (जेरी)
उत्कृष्ट ड्रेस : निरा राणा (सेतो वाघ)
उत्कृष्ट मेकअप : दीपु पौडेल (माला)
उत्कृष्ट संवाद : खगेन्द्र लामिछाने (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट पटकथा : पासाङ लामा (झिग्राना)
उत्कृष्ट कथा : सविन बाँस्तोला (सुनपानी)

पपुलर अवार्डतर्फ
पपुलर अभिनेता : आर्यन सिग्देल
पपुलर अभिनेत्री : प्रियंका कार्की
पपुलर फिल्म : कोहिुनर

Comments