‘छुर्पी’ गायकको अर्को म्युजिक भिडियो
screennepal
प्रकाशित: २०७२, ९ आश्विन शनिबार
no img

काठमाडौं । गायक शेखर च्यान लामाले आफ्नो तेस्रो एल्बमको एक गीतलाई म्युजिक भिडियो निर्मााण गरेका छन् । लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत लामाले चाँडै म्युजिक भिडियो रिलिज गर्ने बताए । ‘छुर्पी मिठो फुङ्लिङको’ गीतमार्फत चर्चा आएका लामाले पछिल्लो एल्बम ‘रिक्वेस्ट’ को’केही नबोली’गीतको म्युजिक भिडियो निर्माण गरेका हुन् । संगीतकार साहस शाक्यको शब्द तथा संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार नबिन गुरुङले निर्देशन तथा छायांकन गरेका छन् ।

g
शेखरको ‘रिक्वेस्ट’ एल्बममा समावेश यस गीतको म्युजिक भिडियोमा बिनोद न्यौपाने, एलिशा राई र बालकलाकर निप्पोन च्यान लामाले अभिनय गरेका छन् । काठमाडौंको फर्पिङ आसपासमा छायांकन गरिएको यसm म्युजिक भिडियोलाई जिनियस डिजिटलले बजारमा ल्याउने बताइएको छ ।

gg

Comments