‘सुपर मोडल’का अनेक प्रतिभा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ६ आश्विन बुधबार
no img

काठमाडौं । नेपाली फेशन दुनियाँमा मोडलिङ क्षेत्रलाई अगाडि बढाउने र व्यावसायिक मोडलको उत्पादन गर्ने उद्देश्यले रिवन इन्टरटेनमेन्टले १० असोजमा राजधानीमा आयोजना गर्न लागेको ‘सुपर मोडल कन्टेष्ट–२०१५’ का स्पर्धीले एक कार्यक्रमबीच ‘मिस ट्यालेन्ट’ उप उपाधिका लागि आ–आप्mनो प्रतिभा प्रस्तुत गरेका छन् । नयाँ बानेश्वरस्थित होटल रानी महलमा आयोजित ट्यालेण्ट शोमा प्रतिस्पर्धी सुन्दरीले आपूmभित्र लुकेको प्रतिभा प्रदर्शन गरेका थिए ट्यालेन्ट शोमा सहभागी सुन्दरीले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषण, चित्रकलालगायत विभिन्न प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेन्ट शोमा फिल्म निर्देशक सुमन दाहाल, पत्रकार तथा लेखक सरोज प्याकुरेल, अभिनेत्री खुश्बु खड्का, प्mलाइटेकका कार्यकारी प्रमूख अधिकृत नाजिर हुसैन, एसियन कलेज अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजीका अध्यक्ष नितेश शाह रहेका थिए ।

IMG_5125
कन्टेष्टलाई आप्mनो कम्पनीको विशेष ब्रान्डका रुपमा सम्पन्न गर्ने जानकारी गराउँदै रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले यो प्रतियोगिताका प्रतियोगीको मूल्यांकन सैद्धान्तिक रुपमा नभई व्यवहारिक परीक्षाको आधारमा गरिने बताइन् । उनका अनुसार हरेक विधा वा उपउपाधिका लागि अन्तिम स्पर्धाअघि नै सम्बन्धित विज्ञबाट मूल्यांकन गरिएको छ ।

IMG_5176 (1)
अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताको अन्तिम स्पर्धा आगामी १० गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । प्रतियोगितामा प्रमूख उपाधि तथा फस्ट, सेकेण्ड र थर्ड रनरअपको चयन अन्तिम स्पर्धाकै दिन गरिनेछ ।

IMG_5472
प्रतिोयोगिमा मूख्य उपाधिका साथ फस्ट, सेकेण्ड र थर्ड रनरअपसँगै मिस क्याटवक, मिस पर्सनालिटी, व्युटिफुल स्कीन, बेष्ट स्कीन, मिस व्युटीफुल, सोसिएबल, व्युटी विथ पर्पोज, बेष्ट आर्टवर्क, मिस ट्यालेण्ट, वेष्ट स्पीच, मिस फोटोजेनिक, वेष्ट स्माइल, मष्ट पपुलर, बेष्ट डिसीप्लेन, वेष्ट स्माइल, मष्ट फ्रेण्डली, वेष्ट फिजीक र वेष्ट हेयर विधामा विजेता छानिने आयोजकले जनाएका छन्।

IMG_5042
प्रतियोगितमा हिसिला महर्जन, सिर्जना गिरि, दीपशिखा सापकोटा, समिक्षा आचार्य, सुजा राई, निप्शा ढुंगाना, मुमा भण्डारी, सुजश्ना कणेल, रिजु श्रेष्ठ, राधिका सुवेदी, एञ्जिला मालाकार, गरिमा थापा, उर्मिला शेर्पा, छिरिङ डोल्कर शेर्पा, अंशु खड्का, निक्की शाही, प्रतिक्षा भण्डारी, श्रीना मरासिनी, अपेक्षा केसी, अनुशा राई, सुजु श्रेष्ठ, एन्जल शाह, मरिउम मिर, एलिाजा भुजु, डेनिशा कुमाल, प्रशंशा सखा, निमी शेर्पा, सुष्मिता भट्टराई, तृषा सिंह, नेहा शर्मा, सुष्मिता गुरुङ, जिना सिटौला, प्रविना अधिकारी, पूजा गौतम, मोनिका थापा, पूजन कार्की, मोनिका थापा, पूजन कार्की, बबिता लिम्बु, नविना घिमिरे, सरु गौतम र सपना थापागरी कुल ४० जनाले स्पर्धा गर्दैछन् ।

IMG_5066

Comments