एरिकको उपन्यासमाथि ‘हिउँको धुन’
screennepal
प्रकाशित: २०७२, ३ आश्विन आईतवार
no img

काठमाडौं । अचेल नाट्य समुहले शनिबार नाटक ‘हिँउको धुन’ मञ्चन गरेको छ । कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चित ‘हिउँको धुन’ अमेरिकन प्रशिद्ध साहित्यकार एरिक गिगलको चर्चित उपन्यास ‘लभ यू’लाई नाटकमा रुपान्तरण प्रस्तुत गरिएको हो । यस उपन्यासलाई प्रविन खड्गीले नेपाली नाटकमा रुपान्तरण गरेका हुन् । नाटकलाई सुगन्धित बनाउन संगीतको सहारा लिइएको थियो । एरिकले उभ्याएका पात्रलाई नै नाटकमा पस्काइएको थियो । नाटकको मुख्य पात्र ओलिभर एक धनाड्य परिवारको हुन्छन् । तर, बाबुले कमाएको धनमा कुनै लालच हुँदैन । त्यस्तै, सामान्य परिवारमा हुर्किएकी अर्की पात्रका रुपमा जेनिफर हुन्छिन् । ओलिभर र जेनिफरको हार्वाड युनिर्भसिटीमा भेट हुन्छ । र त्यहि कलेजको लाईबेरिमा ओभिरले आफ्नो बिषयको पुस्तक माग्छ तर त्यो पुस्तक जेनिफरले लगिसकेको लाइबे्ररीले बताउँछ । तर, जसरी पनि उसलाई त्यो पुस्तक चाहिएकाले जेनिफरलाई माग्छ । तर जेनिफलरले कफी खुवाएमात्र पुस्तक दिने सर्त राख्छे । पढाइको विधा फरक भए पनि उनीहरुको सम्बन्ध प्रगाढ बन्दै जान्छ ।

???????????????????????????????

ओलिभरका बाबुको मञ्जुरीविना उनीहरुले विवाह गर्छन् । एक आपसमा उनीहरु रमाइरहेका हुन्छन् । मायाँमा रमाउँदारमाउँदै सन्तान जन्माउने चाहना गर्छन्् । तर, बच्चा नभएपछि उनहिरु डाक्टर कहाँ चेकअफ गर्न जान्छन् । भोलिपल्ट ओलिभर रिर्पोट लिन जान्छ । डाक्टरले आफूलाई समाल्नु सकछौ भने मात्र रिर्पोट दिने कुरा गर्छ र रिपोर्ट दिन्छ । रिपोर्ट हेरेपछि भकानिन्छ । केही दिनको अन्तरालमा जेनिफरको मृत्यु हुन्छ ।
यस नाटकलाई पुरै हिँउमा पात्रलाई खेलाइएको छ । जाडो ठाउँमा बस्ने मानिसहरुको परिवेश भएका कारण हिँउको सेटअफ गरिएको लेखक प्रविनले बताए । यस नाटकलाई प्रदिप खड्गी ‘पासा’ ले निर्देशन गरेका हुन् । नाटकमा भोला अधिकारी, प्रविन खड्गी, सम्झना मगर, रुपेश मगर, प्रदीप नेपाल, उमा तामाङ, मनिषा खड्का, नवराज खड्का, राजन थापा, माया तामाङ, विपना गिरि, सागर हुमागाईं, प्रशान्तलगायतका कलाकारले अभिनय गरेका छन् ।

Comments