श्रोतालाई सञ्जयको ‘सेवारो’ (तिमी बिना-भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १ आश्विन शुक्रबार
no img

काठमाडौं । गायक सञ्जय तुम्रोक श्रोता तथा दर्शकलाई ‘सेवारो’ अर्थात् नमस्ते भन्दै आएका छन् । उनले आफ्ना श्रोताका लागि ‘सेवारो’ ल्याएका छन् । एल्बमको विहीबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको हो । सञ्जयको एल्बमलाई गायक राजेशपायल राई, संगीतकार राजु सिंह र साप्ताहिकका प्रधान सम्पादक सुवास ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । गायक तुम्रोकको यो तेस्रो सोलो एल्बम हो । यसअघि उनले ‘सुर’ र ‘नौलो कथा’ जारमा ल्याइसकेका छन् । एल्बमको शीर्षक ‘सेवारो’ लिम्बु भाषाबाट राखिएको हो । एल्बममा सेवारो सेवारो, तिमी बिना, मेरो माया, तेल बिनाको, सेतो हिमालजस्ता आधुनिक तथा राष्ट्रिय भावका पाँच वटा गीत संग्रहीत छन् । एल्बमका सबै गीतलाई म्युजिक भिडियोमा उतारिएको छ । यसमध्ये तीन वटा गीतको म्युजिक भिडियो कमल एक्चैमगरले निर्देशन गरेका छन् भने, बाँकी रायन आले र राज केसीको निर्देशनमा तयार भएको छ ।

sanjay tumrok

‘सेवारो’का लागि डिपी खनाल, लोकेन्द्र लेखक, मीनसागर लामा र फणिन्द्र राईले गीत लेखेका छन् भने धनु ज्ञाङ्मी मगर, ओमप्रकास राई र रुपक चौधरीले संगीत दिएका छन् । यस गीति संग्रहलाई पर्फमिङ आर्ट क्रिएसनले बजारमा ल्याएको हो । एल्बमको ‘तिमी विना’ बोलको गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

Comments