बिहान–बिहानै मृगस्थलीमा फोटोसुट
screennepal
प्रकाशित: २०७२, १ आश्विन शुक्रबार
no img

काठमाडौं । केही दिनअघि पशुपतिनाथ मन्दिरको पूर्वतिरको डाँडा मृगस्थलीमा एकहुल युवा फोटोसुटमा व्यस्त थिए । कोही रिफ्ल्याक्टर देखाइरहेका थिए भने कोहीचाहिँ ब्याग वरपर सार्दै थिए, जहाँ अहिलेका चर्चित गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई र अर्का गायक दिपेन गुरुङ पनि पछिपछि लागिरहेका थिए । यो स्तम्भकार त्यहाँ पुग्दा गायक भुवनले भने, ‘हाम्रो नयाँ भाई दीपकहाङको एल्बमका लागि फोटोसुट हो यो ।’ दीपकले भुवनकै एकल संगीतमा ‘शुभारम्भ’ एल्बम ल्याउँदैरहेछन् । त्यसैले उक्त फोटोसुटमा भुवन पनि हिडेका रहेका छन् । बिहानीको समय थियो । यो स्तम्भकार त्यहाँ पुग्नेवित्तिकै चिया खाने सल्लाह भयो । चियापानी खाँदै गर्दा नयाँ भनिएका गायक दीपकहाङले भने, ‘गायनमा पहिले नै आउने सोच थियो । अहिले बल्ल त्यो सोच पूरा गर्दैछु । आज मेरो पहिलो एल्बम ‘शुभारम्भ’ को कभरका लागि फोटोसुट हो यो ।’

12007025_1032032453497115_894878252_n

फोटोसुटमा क्यामेरामेन थिए समीर गुरुङ । समीरले भर्खरै क्यामेरामा हात हालेको बताए । ‘भर्खरै सिक्दैछु’ उनले भने, ‘तैपनि कुनै प्रोफेसनलभन्दा कमचाहिँ खिच्दिनजस्तो लाग्छ ।’ उनले त्यहाँ वरिवरीका मठमन्दिरलाई क्यामेरामा कैद गरिरहेका थिए । उक्त लोकेशन आफूलाई निकै राम्रो लागेको गायक दिपेन गुरुङले बताए । ‘मलाई थाहै थिएन, यहाँ पनि यति राम्रो लोकेशन रहेछ’ उनले भने, ‘यस ठाउँमा भिडियो पनि सुट गर्नुपर्लाजस्तो छ ।’ उनले चाँडै एल्बम ल्याउन लागेको पनि सुनाए ।
दीपकहाङको ‘शुभारभ’ मा गोपाल दाहाल, डब्बु क्षत्री, बद्धवीर लामा, नवराज कार्की र मुकेश राईको शब्द रहने भुवनले बताए । यस एल्बमबाट गायकी पहिचान बनाउने अपेक्षा दीपकहाङले गरेका छन् । एल्बम चाँडै रिलिज हुने उनले सुनाए ।

12033766_1032032410163786_1689058425_n

12026664_1032032476830446_34844733_n

12030677_1032032423497118_2039159141_n

Comments