९५ देशका सुन्दरीसँग भिड्न तयारी गर्दै जेनिता
screennepal
प्रकाशित: २०७२, १ आश्विन शुक्रबार
no img

काठमाडौं । आगामी २४ अक्टोबरमा थाईल्याण्डको राजधानीमा बैंककमा हुने ‘मिस ग्राण्ड इन्टरनेसनल–२०१५’ मा नेपालको तर्फबाट जेनिता बस्नेतले सहभागिता जनाउने भएकी छन् । विश्वका ९५ वटा मुलुकका सुन्दरीले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगितामा सहभागिता जनाउन जेनिता ४ अक्टोबरमा त्यसतर्फ जाँदैछिन् । ‘मिस नेपाल–२०१३’ मा उत्कृष्ठ २० मा पुगेकी उनले बैंककको प्रतियोगितामा सहभागी भएर उपाधि जित्नका लागि राजधानीको नक्सालमा रहेको रेज फिटनेस सेन्टरमा क्याटवक र फिटनेसको तालिम लिइरहेकी छन् । ‘म अहिले तिव्र रुपमा तालिम लिइरहेको छु,’ उनले भनिन्, ‘मिस ग्राण्ड इन्टरनेशनलजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउँदा खुशी र उत्साहित छु ।’ ९५ देशका सुन्दरीले प्रतियोगितामा भाग लिए पनि अनलाइन भोटिङका आधारमा सर्वाधिक मत ल्याएको प्रतियोगीले सिधैं शीर्ष १० मा प्रतिष्पर्धा गर्न पाउने जेनिताले खुलाइन् ।

Jenita 1
जेनिताले नेपाली संस्कृति र पर्यटनलाई प्रबद्र्धन गर्न प्रतियोगितामा विशेष पहिरन प्रस्तुत गर्नेछिन् । ‘म परम्परागत पहिरनका रुपमा रहेको ढाकालाई प्रतियोगितामा प्रदर्शन गर्न चाहन्छु,’ जेनिताले भनिन्, ‘अन्य देशबाट प्रतिनिधित्व गर्ने साथीलाई नेपाल घुम्न आउन निम्तो समेत दिनेछु, नेपालमा भूकम्पले जनधनको क्षति भए पनि प्राकृतिक र पर्यटकीय सम्पदा सुरक्षित रहेको सन्देश दिन्छु ।’

Jenita 3
प्रतियोगितामा उनले लगाउने पहिरनको डिजाइन फेसन डिजाईनर विश्व गौतमले गर्दैछन् । उनको अफिसियल फोटोग्राफरका रुपमा विकास खतिवडा र विकास पराजुली छन् । ‘मिस ग्राण्ड इन्टरनेशनल–२०१५’ का आयोजकका अनुसार प्रतियोगितामा शीर्ष उपाधि चुम्नेले ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने फस्ट रनरअपले ६ हजार, सेकेण्ड रनरअपले ४ हजार, थर्ड रनरअपले ३ हजार र फोर्थ रनरअपले २ हजार अमेरिकी डलर पाउनेछन् । यसबाहेक प्रतियोगितामा ‘बेष्ट नेसनल कष्ट्युम’ र ‘बेष्ट इभिनिङ गाउन’ जित्नेले जनही २ हजार अमेरिकी डलर तथा ‘मिस पपुलर’ र ‘बेष्ट सोसियल मिडिया’ विधाको अवार्ड जित्नेले जनही १ हजार अमेरिकी डलर पाउनेछन् । यो प्रतियोगितामा यसअघि सन् २०१३ मा अस्मिता सिटौला र सन् २०१४ मा सुजना रेग्मीले सहभागिता जनाइसकेका छन् ।
बागबजारस्थित पद्यकन्या क्याम्पसमा अध्ययन गर्दा उत्कृष्ठ तीन विद्यार्थीमा परेर एक महिने युरोप भ्रमण गरेकी उनले सन् २००९ देखि फेसन इभेन्टमा सहभागिता जनाईन् । उनले रमपमको अन्तर्राष्ट्रिय विज्ञापनसँगै रियल जुसको विज्ञापनमा पनि अभिनय गरेकी छन् । रमपमको विज्ञापन भारतीय च्यानलका लागि निर्माण गरिएको थियो । उनले जेबी केमिकल्सका लागि कन्ट्री सेल्स मेनेजरका रुपमा दुई वर्ष पनि काम गरेकी थिइन् । विज्ञापन र ¥याम्पमै रमाउने उनलाई अभिनयको अनुभव नभएकाले फिल्ममा काम गर्न भने मन छैन । पुख्र्यौली घर झापाको गौरादह भए पनि हाल राजधानीको कपन बस्दै आएकी उनी परिवारकी चार छोरीमध्ये जेठी हुन् । फुड एण्ड न्यूट्रेसनमा मास्टर्स सकाउन लागेकी उनले सिटी सेन्टरमा दुई रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आएकी छन् ।

Comments