गाउँदै भाईको सपना पूरा गर्दै सुनिता (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ३१ भाद्र बिहीबार
no img

काठमाडौं । गायिका सुनिता राई आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । २५ वर्षीया खोटाङ माक्पा–३ की गायिका सुनिताले श्रोता÷दर्शकका लागि तिम्रो निम्ति रुँदारुँदै आज हास्न सिकेकी छु’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक गरेकी हुन् । हाल उक्त भिडियो विभिन्न टेलिभिजनलगायत यु–ट्युबमा चर्चित बन्दै गएको छ । गायिका सुनिताको उक्त गीतमा ख्यातिप्राप्त संगीतकार तथा प्राज्ञ शान्तिराम राईको सगीत रहेको छ । निकै सेन्टिमेन्टल फ्लेवरको उक्त गीतको शब्द रचना प्रेम राईले गरेका हुन् । गीतमा वर्तमान अवस्थाका प्रेमीप्रेमीबीचको ‘स्वार्थी प्रेम’लाई चित्रण गरिएको छ ।

1
सानैदेखि गाउन रुचि राख्ने सुनिता प्रतिकूल परिस्थितिका कारण संगीत क्षेत्रमा आउन ढिलाई भएको बताउँछिन् । उनी भन्छिन्, ‘आगामी दिनमा निरन्तर संगीतमै रहने छु ।’ सानैमा बुबाको निधनपछि घरको लथालिँग आर्थिक अवस्थाका कारण चाहेर पनि संगीतलाई समय दिन नपाएको उनले बताइन् । आफ्नो भाई खुशीमान राईको गतसाल मात्र बैदेशिक रोजगारीको शिलशिलामा मलेशिया पुगेका बेला दुःखद निधनका कारण झनै हतोत्साही भएकी उनी भन्छिन्, ‘दिदीलाई सफल गायिका बनेको देख्न चाहने भाईको सपना पूरा गर्न पनि यस क्षेत्रमा अब डटेर लाग्ने छु । गायनमा म सफल भएँ भने मेरो भाईको आत्माले पनि शान्ति पाउने छ ।’

6
आफुले गाएको गीत टेलिभिजन र यु–ट्युबबाट हेरेर असंख्य कमेन्टहरु फेसबुक र फोनमार्फत आउँदा उनी दंग छिन् । संसारभरिका आफन्त र शुभचिन्तकले ‘राम्रो छ, गाउनु’ भन्ने शुभकामना र शुभेच्छाले उनी थप हौसिएकी छन् । यहि हौसलाले उनले अन्य दुईवटा गीत रेकर्डिङ गराइसकेको बताइन् । गीतकार बुद्धवीर लामा र इन्द्र राईको रचनामा रेकर्ड भएको ती गीत पनि अत्यन्तै मार्मिक रहेको उनी बताउँछिन् । हाल एल्बम निकाल्न कस्सिएकी उनले भनिन्, ‘चाँडै समर्पण नामक एल्बम ल्याउँदै छु । जसमा ६ वटा गीत हुने र संगीत शान्तिराम राईको सोलो हुने उनले बताइन् ।

https://www.youtube.com/watch?v=vToJ7SQ1PQw

Comments