सञ्जा बनिन् ‘तिज क्वीन’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ३१ भाद्र बिहीबार
no img

IMG_1095

काठमाडौं । ‘तिज क्वीन नेपाल–२०१५’ को ताज सञ्जा तुलाधर ‘ताम्राकार’ले जितेकी छन् । आरती इन्टरटेनमेन्ट ग्रुप सामाखुसीले तिजको अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्ना दश प्रतियोगीलाई उछिन्दै सञ्जा ‘तिज क्वीन नेपाल’ बन्न सफल भएकी हुन् । प्रतियोगितामा प्रेजा लामिछाने फस्ट रनरअप र सेकेन्ड रनरअप अल्डोना ताम्राकार भए । विजेता तीनै जनालाई नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

IMG_1146
कार्यक्रममा पब्लिक च्वाइस सोभा रानामगर, वेस्ट क्याटवाक लक्ष्मी ताम्राकार, बेस्ट पर्सनालिटी निर्मला तिमिल्सिना, बेस्ट ट्यालेन्ट सानु तामाङ र बेस्ट ड्रेस यमुना बुढामगर भए । निशा आचार्यको कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा नायिका महिमा सिलवाल, ऋतु मिस, किसन सिंह र सुमन मल्ल निर्णायक मण्डल रहेका थिए ।

IMG_1139
नेपाली नारीहरुको विशेष पर्व तजिको अवसरमा दर खुवाउने उद्देश्यले कार्यक्रम गरेको आरति इन्टरटेनमेन्टका अध्यक्ष राम केसीले बताए । उनले भने, ‘तिजको रमझमसँगै दर खुवाउनुका साथै दिदीबहिनीहरुलाई हौसला तथा प्रेरणा प्रदान गर्न प्रतियोगिता गरेका हौं ।’

IMG_1108

Comments