तिजमा सधैं गुञ्जिन्छ त्यही ‘तिजको लहर आयो बरि लै’
screennepal
प्रकाशित: २०७२, २९ भाद्र मंगलवार
no img

एमपी सुब्बा

बुधबार अर्थात् ३० भदौ । नेपाली नारीको विशेष पर्व तिज । दर खाएर तिजको व्रत बस्ने नारीहरु कम्मर मर्काउनलाई तयार छन् । कतिपयले एक महिनाअघिबाट नै कम्मर मर्काउँदै आएका छन् । वर्षेनी तिज नजिकिँदै गर्दा नेपाली संगीतबजारमा तिज गीतहरु ब्रगेल्ती रेर्कड हुने गर्छन् । नेपाली नारीको विषेश पव अर्र्थात् सांस्कृतिक एवं धार्मिक पर्वका रुपमा लिइँदै आएको तिज संगीतकर्मीका लागि भने सांगीतिक पर्वजस्तै भइसकेको छ । समाजमा तिजको रौनक छाएको समेत हामीले बजारमा आउने तिज गीतबाटै थाहा पाएका हुन्छौं । यसपाली मात्र तिजलाई लक्षित गरेर दुई सयभन्दा बढी गीत बजारमा आए । त्यसमा नयाँदेखि पुराना र स्थापित भनिएका गायक÷गायिका पनि परेका छन् । तर, विडम्बना भन्नुपर्छ, पछिल्लो समय आएका तिज गीतले खाशै मनमुटु छुन सकेको  छैन । प्रतिस्पर्धात्मक रुपमा आएका यस्ता तिज गीतमाथि उल्टै विकृति लिएर आएको आरोप लाग्न थालेको छ, जसले गर्दा यस्ता र सस्ता तिज गीतहरु श्रोता÷दर्शकले पनि मनन गर्न सकिरहेका छैनन् । जब तिज आँगनमै आउँछ, त्यही पुरानो गीत ‘तिजको लहर आयो बरि लै’ गुञ्जिन्छ । वास्तवमा यो गीत तिजको ‘आइडी’जस्तै भएको छ । समाजले सुमेत यो गीत बजारका गल्ली–गल्लीमा गुञ्जिन थालेपछि बल्ल तिज आएको महसुश गर्न थाल्छन् । तिजमा नारीहरुको जमघट होस् वा कुनै तिज सेमिनार नै किन नहोस्, तिनै तिज गीतका पारंगत गायिका पनि ‘तिजको रहर आयो बरि लै’ मै कम्मर नमर्काइकन सुखै पाउँदैन । एकपटक तपाईं÷हामी आफै महसुश गरौं त, ‘तिजको रहर आयो बरि लै’ गीत नभएको वा नगाएइको भए यतिखेर कुन तिज गीत गुञ्जिन्थ्यो होला ? त्यसैले अहिलेसम्म त जे भयो, भइहाल्यो । आगामी वर्षका तिजमा नेपाली चलचित्र ‘कन्यादान’ को ‘तिजको रहर आयो बरि लै’जस्तै टिकाउ र सदावहार गीत ल्याउने प्रयास सर्जक तथा स्रष्टाले गर्ने होकि ?

सदावहार तिज गीत हेरौं ।
https://www.youtube.com/watch?v=dXkQcH7v0S0

Comments