‘अन्तरध्वनी’ एल्बम र अञ्जु ‘सर्वोकृष्ट गायिका सुगमसंगीत’
screennepal
प्रकाशित: २०७२, २९ भाद्र मंगलवार
no img

काठमाडौं । ‘चौथौ म्युजिक खबर म्युजिक अवार्ड–२०१५’ मा विश्व देवकोटाको ‘अन्तरध्वनी’ले ‘सर्वोकृष्ट एल्बम’ को अवार्ड पाएको छ । सोमबार राजधानीस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा अञ्जु पन्तले ‘सर्वोकृष्ट गायिका सुगमसंगीत’ महिलातर्फको अवार्ड पाइन् । उनले ‘धेरैलाई बाँड्दा’ बोलको गीतबाट अवार्ड आफ्नो पोल्टामा पारेकी हुन् । त्यस्तै, गायक आनन्द कार्की ‘देउरालीको ढुंगा हुँ’ गीतबाट सुगमसंगीत पुरुषतर्फ ‘सर्वोकृष्ट गायक’ ठहरिए । ‘सर्वोकृष्ट संगीतकार सुगमसंगीत’ हरि लम्साल र गीतकार सुगमसंगीततर्फ हरि विष्टले अवार्ड पाए । ‘कस्तो माया लाइयो’ गीतबाट लम्साल र ‘निष्ठूरीको छेउमा रुनु’ मार्फत विष्टले अवार्ड पाएका हुन् । कार्यक्रममा संगीतकार विकाश चौधरीले ‘पब्लिक च्वाइज अवार्ड’ पाए ।

_MG_0838

अवार्ड ग्रहणपछि शिव र प्रमोल । तस्बिर : नविन गुरुङ/स्क्रिननेपाल

त्यस्तै, ‘सर्वोकृष्ट युगल सुगमसंगीतको अवार्ड गायकद्वय प्रमोद खरेल र शिव परियारले पाए । उनीहरुले ‘आफ्नै जीन्दगी’ बोलको गीतबाट अवार्ड पाएका हुन् । विभिन्न ३१ विधामा प्रदान गरिएको अवार्डमा ‘सर्वोकृष्ट चलचित्र संगीतकार अर्जुन पोखरेल चलचित्र ‘स्टुपिड मन’, ‘सवोकृष्ट गजल’ डब्बु क्षेत्री ‘साउनको भेलजस्तो’ र ‘सर्वोकृष्टभूकम्प गीत भिडियो निर्देशक’ डिनेश डिसीले अवार्ड पाए । डिसीले ‘ढल्यो धरोहर’ बोलको गीतमार्फत अवार्ड पाएका हुन् । त्यस्तै, ‘सर्वोकृष्ट नवप्रतिभा सुगमसंगीत’ मनोज महतो ‘चोली लाउँछु’ र महिलातर्फ ‘न म तिम्रो हुन सकेँ’बाट गायिका रोशनी अधिकारीले अवार्ड पाइन् भने सर्वोकृष्ट म्युजिक भिडियो मोडल सुगमसंगीत’ पुरुषतर्फ गजिट विष्ट र महिलातर्फ आशिस्मा नकर्मीले अवार्ड पाएका छन् ।

_MG_0814
म्युजिक भिडियो निर्देशनतर्फ भने ‘किन रोयौ ए चरी’मार्फत समन अधिकारी ‘उत्कृष्ट’ भए । ‘ध्वनी मुद्रण’ मा मित्र लामा र संगीत संयोजन सुगमसंगीततर्फ विपिन आचार्यले अवार्ड पाए । मित्रले ‘आँशु झारी’ र आचार्यले ‘जिउने कोशिस’ गीतमार्फत अवार्ड पाएका हुन् । त्यस्तै, ‘सर्वोकष्ट पाश्र्व गायक’ को अवार्ड युवराज चौंलागाईंले पाए । उनले चलचित्र ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनुँ’ गीतमार्फत अवार्ड पाएका हुन् भने ‘उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड पाण्डवी त्रिपाठीले चलचित्र ‘लज्जा’ को गीत ‘मात लाग्यो’बाट उत्कृष्ट भइन् । चलचित्रतर्फ गीतकारको अवार्ड डा। कृष्णहरि बरालले पाए भने लोकदोहारी लयमा विरही कार्कीले अवार्ड पाए । कार्कीले ‘जुनकिरी’ बोलको गीतमार्फत अवार्ड पाएका हुन् ।

_MG_0789
त्यस्तै, सर्वोकृष्ट लोकगीत राजु परियार, लोकगायक बद्री पंगेनी र गायिकामा मुना कार्कीले अवार्ड पाए । उनीहरुले क्रमशः ‘दरौं सिरुबारी’, ‘रातो पछ्यौरी’ र ‘म त फूलझै’ गीतबाट अवार्ड पाएका हुन् । लोकदोहोरी मोडल महिलातर्फ पार्वती राई र पुरुषतर्फ नारायण ढकाल उत्कृष्ट भए । उनीहरु ‘रातो पछ्यौरी’ र ‘म त फूलझैं’ गीतको भिडियोमार्फत अवार्ड पाएका हुन् । त्यस्तै, पप गायनमा कृष्ण काफ्ले र महिलातर्फ एञ्जिला रेग्मीले अवार्ड पाए भने पपगीत संगीततर्फ दीपक शर्मा उत्कृष्ट भए । ‘माया बस्यो’ गीतमार्फत दीपकले ‘उत्कृष्ट पपसंगीत’ को अवार्ड पाएका हुन् ।
म्युजिक भिडियो निर्देशक लोकदोहरीतर्फ शंकर बिसी ‘म त फूलझैं’, शब्द लोकदाहोरी रमेश बिजी ‘झल्को आउँछ’, नवगायिका लोकदोहोरी सम्झना भण्डारी र पुरुषतर्फ सञ्जय फ्राउनफेल्डरले अवार्ड पाए । राष्ट्रिय भावको अवार्ड भने माधवप्रसाद खरेलले ‘मेरो झण्डा’ गीतमार्फत अवार्ड हात पारेका छन् ।

_MG_0846
विभिन्न सांगीतिक कार्यक्रमबीच सम्पन्न कार्यक्रममा अन्य अवार्ड तथा पुरस्कार पनि वितरण गरिएको थियो । म्युजिक खबर डटकमद्वारा आयोजित कार्यक्रममा कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराईलाई नगद पाँच हजार पाँचसहित ‘म्युजिक खबर पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, ‘इन्करेजमेन्ट अवार्ड’ रेवत राईलाई प्रदान गरिएको छ भने ‘जुरी अवार्ड’ राजन ठकुरी र ‘डायस्पोरा संगीत सम्मान’ कुमार पुनलाई प्रदान गरिएको छ । कार्यक्रममा विश्वकै कम उमेरमा चलचित्र निर्देशन गरेर गिनज बुकमा नाम लेखाएका सौगात विष्ट र बालकलाकार दर्शना महर्जनलाई ‘म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान–२०७२’ सम्मान गरिएको छ ।  तस्बिर : नविन गुरुङ/स्क्रिननेपाल

Comments