सोमबार आरतीको तिज कार्यक्रम
screennepal
प्रकाशित: २०७२, २६ भाद्र शनिबार
no img

काठमाडौं । आरती इन्टरटेनमेन्ट गु्रपले सोमबार तिज विशेष कार्यक्रम गर्दैछ । नेपाली नारीको विशेष पर्व मानिएको तिजको अवसरमा चेलीबेटीहरुलाई दर खुवाउने उद्देश्यले कार्यक्रम गर्न लागेको आयोजक संस्थाका अध्यक्ष राम केसीले बताए ।

PRESH
केसीका अनुसार आरतीले स्थापनाकाल देखि नै नेपाली कला तथा संस्कृतिबारे विभिन्न कार्यक्रम गर्दै आएको हो । यसैक्रममा यसपटक तिज कार्यक्रम गर्न लागेका उनले बताए । दर खुवाउने कार्यक्रमसँगै ‘तिज क्वीन नेपाल–२०१५’ प्रतियोगिता समेत गरिने उनले बताए । जसका लागि ११ जना चेली भिड्दै छन् । जसमध्ये एक जना चेलीलाई ‘तिज क्वीन’ घोषणा गरिने छ । ‘तिजको रमझमसँगै यो एउटा प्रतियोगिता पनि हो’ केसीले भने, ‘हाम्रा दिदीबहिनीहरुलाई हौसला तथा प्रेरणा प्रदान गर्न कार्यक्रम गर्न लागिएको हो ।’

Comments