शैलीले मञ्चमा ल्याउँदै ‘सरकारी निरीक्षक’
screennepal
प्रकाशित: २०७२, २६ भाद्र शनिबार
no img

काठमाडौं ।  बतिसपुतलीस्थित शैली थिएटरले रुसी साहित्यकार निकोलाई गोगललको प्रशिद्ध नाटक ‘सरकारी निरीक्षक’ मञ्चन गर्ने भएको छ । हाल रिहर्सलको अन्तिम चरणमा रहेको यो नाटक सोमबार अर्थात् २८ भदौदेखि १ असोजसम्म काठमाडौको कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रको भवनमा मञ्चन गरिने थिएटरका संयोजक आर्यन न्यौपानेले बताए ।

photo...
यो नाटकमा जार शासकहरुको पालाको कथा हो । त्यो बेला भएको भ्रष्टचारको बेथितीलाई नाटकमा कलाकारले जिवन्त रुपमा प्रस्तुत गर्नेछन् । एक प्रान्तमा त्यहाँका नगराध्यक्षदेखि बिभिन्न क्षेत्रका निरीक्षकहरु कसरी भ्रष्टचारमा लिप्त थिए र केन्द्रबाट आउने सरकारी निरीक्षकलाई आफ्नो प्रभावमा पार्न उनीहरुले के कस्ता हर्कत गरे भन्ने बिषय नाटकले प्रस्ट्याउ कलाकार रमेश बुढाथोकीले बताए ।
यस नाटकको मूल विषय नेपालको सन्दर्भमा समेत मेल खाने भएकाले मञ्चन गरिन लागेको बताइएको छ । सरकारी क्षेत्रको भ्रष्टाचारसँग मिल्दोजुल्दो भएकाले नाटक मञ्चन तथा प्रदर्शन गर्न लागिएको नाटकमा अर्का कलाकार रोहिणी भट्टराईले बताए ।
यस नाटकलाई राजनीतिक बिश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले नेपाली रुपान्तरण गरेका हुन् । उनको अनुसार यो डार्क कमेडी नाटक हो । नवराज बुढाथोकीद्धारा निर्देशित नाटकमा रमेश बुढाथोकी, सानु ताम्राकार, सुरवीर पण्डित, तारा केसी, कमल बोहोरा, रोहिणी भट्टराई, सन्तोष आचार्यलगायतका कलाकारले अभिनय गर्ने भएका छन् । साँझ ५ देखि ७ बजेसम्म चल्ने यस नाटकको टिकट दर विद्यार्थीका लागि १ सय र अन्य सर्वसाधारणका लागि २ सय रुपैयाँ तोकिएको छ ।

 

Comments