तिज गीत अवार्ड : शेल्पी ‘पपुलर’ र इच्छा पु-याइ देउ ‘उत्कृष्ट’
screennepal
प्रकाशित: २०७२, २६ भाद्र शनिबार
no img

Teej-Award-2072-rrr

काठमाडौं । ‘दोस्रो तिजगीत म्युजिक अवार्ड’मा ‘सेल्फी सेल्फी’ र ‘इच्छा पु¥याई देउ’ उत्कृष्ट बनेका छन् । ‘सेल्फी सेल्फी’बाट गायिका लक्ष्मी मल्लले ‘पपुलर अवार्ड’ हात पारिन् भने गायिका सुनिता दुलालको ‘इच्छा पु-याई देउ’ ले ‘उत्कृष्ट तिज गीत’को अवार्ड पाइन् । ‘उत्कृष्ट तिज गीत’ को अवार्ड पाए पनि कार्यक्रममा गायिका सुनिता भने उपस्थित थिइनन् । केही समययता सांगीतिक कार्यक्रमको सीलसिलामा अमेरिका भएकाले उनी कार्यक्रममा उपस्थित हुन नसकेकी हुन् ।

Teej-Award-2072-d-996x1024
कार्यक्रममा शिवदर्शन डिजिटलबाट आएका गीतसंगीत र स्रष्टाले बर्चश्व राखेका छन् । जसमा ‘तिज राम्रो रमझम’ले गीतबाट सहिमा श्रेष्ठ र सन्दिप न्यौपाने ‘उत्कृष्ट गायक÷गायिका घोषित भए । यसै गीतमार्फत जीवन सेन्चुरीले सम्पादनमा अवार्ड पाएका छन् । कार्यक्रममा हरि खत्रीले ‘घुम्दै आयौ’ बोलको गीतबाट ‘उत्कृष्ट तिज दोहोरी गीत’ शब्दतर्फ र गायिका तथा गीतकार गायत्री थापाले ‘माइतीको झल्को’ गीतबाट ‘उत्कृष्ट तिज गीत’ को अवार्ड आफ्नो पोल्टामा पारिन् । शिवदर्शन डिजिटल गायत्रीकै म्युजिक कम्पनी हो ।

Teej-Award-2072-ss
त्यस्तै, ‘माइतीघरमा’ गीतका लागि डब्बु क्षेत्रीले ‘उत्कृष्ट सन्देशमुलक तिज गीत’, ‘यसपालीको तिजमा’का लागि कल्पना कुसुमले ‘उत्कृष्ट तिज गीत नव गायन’, ‘रातो सारी’का लागि ज्ञानेन्द्र शर्माले ‘उत्कृष्ट तिज गीत छायाँकार’, ‘शिरैमा शिरफूल’का लागि विजय थापाले ‘उत्कृष्ट तिज गीत मोडल’ पुरुषतर्फ र टिका पुनले ‘उत्कृष्ट तिज दोहोरी गीत गायिका’ विधामा अवार्ड पाएका छन् ।

Teej-Award-2072-bij
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ‘मुखैले ठिक्क’ गीतबाट रश्मी तामाङले ‘उत्कृष्ट तिज गीत मोडल’ महिलातर्फ, र शंकर बिसीले ‘उत्कृष्ट तिज गीत कोरियोग्राफर’को अवार्ड हात पारेका छन् भने ‘दिदी माइत’का लागि शिव हमालले ‘उत्कृष्ट तिज दोहोरी गीत भाका’ र गोरखा चौतारी म्युजिकको तर्फबाट रविन लामिछाने र सुनिल लामिछानेले ‘उत्कृष्ट तिज दोहोरी गीत’ को अवार्ड पाएका छन् । यस्तै, ‘ब्रत बसेको’ गीतबाट झलक संगीतमले ‘उत्कृष्ट तीज गीत एरेञ्जर’, ‘तिजको दरखाने बेला’ बाट हरि विष्टले ‘उत्कृष्ट तिज गीत शब्द’, र ‘म त नाँच्ने हो छम छम’ लागि दिनेश लामाले ‘उत्कष्ट तिज गीत भाका’ को अवार्ड पाएका छन् । बसन्त थापाले गायक र प्रकाश भट्टले निर्देशनमा अवार्ड पाए  ।  तस्बिर स्ट्रिट नेपालबाट

Comments