गुरुले भनेपछि अप्सरा ‘तिज गीतमा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २६ भाद्र शनिबार
no img

apsara

काठमाडौं । गायिका अप्सरा घिमिरे यसपालीको तिजका लागि ‘तिजको गीतमा’ लिएर आएकी छन् । एक वर्षअघि ‘मनसुन’ नामक आधाुनिक गीति एल्बम श्रोतामाझ पस्केकी अप्सराको यो पहिलो तिज गीत हो । आफ्ना आफ्ना संगीत गुरु, साथीसंगी र श्रोताको आग्रहले तिज गीत गाएको उनले बताइन् ।

apsara-21
अप्सराले आफ्नो तिज गीतको म्युजिक भिडियो यु–ट्युबमार्फत सार्वजनिक गरेकी छन् । शिव शर्माले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा पूर्णिमा श्रेष्ठका अलावा अप्सराले पनि मोडलिङ गरेकी छन् । आफ्नो पहिलो तिज गीत भए पनि श्रोता तथा दर्शकले रुचाइदिने उनले अपेक्षा लिएकी छन् । अप्सराले भनिन्, ‘यो मेरो पहिलो तिज गीत हो, त्यसैले मिहिनेत पनि गरेकी छु ।’

apsara 1
विशेषगरी आधुनिक गीतमा जम्दै आएकी अप्सराले भनिन्, ‘चाँडै एउटा क्लव गीत पनि ल्याउँदै छु ।’ नशालु आँखा, मिठो मिठो भाका’ बोलको क्लव गीत अर्थात् आइटम नम्बरलाई भिडियोमा ल्याउन लागेको उनले बताइन् । अप्सराको ‘मनसुन’ एल्बमको ‘कसम खाएपछि’ बोलको गीत श्रोताले निकै रुचाएका थिए ।

Comments