ममतालाई ‘टुनामुना’ लगाउने हो ? (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, २५ भाद्र शुक्रबार
no img

mamata rai

काठमाडौं । मायामा टुनामुना भयो भने कस्तो होला ? यो प्रश्नको जवाफ गायिका ममता राईलाई सोध्ने होकि । ममताले रियलमा नभए पनि गीतमार्फत टुनामुनाको बयान गरेकी छन् । ममताले आफ्नो नयाँ गीत ‘टुनामुना’ को म्युजिक भिडियो यु–ट्युबमार्फत सार्वजनिक गरेकी हुन् । म्युजिक नेपालले सार्वजनिक गरेको यस म्युजिक भिडियोलाई चोभारको डाँडामा छायांकन गरिएको हो । म्युजिक भिडियोमा ममता आफै शेपेर्नी पहिरनमा नाचेकी छन् । उनलाई साथ दिएका छन् नयाँ मोडल बालकृष्ण पुनले ।
फोटोपत्रकार तथा छायांकार नविन गुरुङको छायांकन रहेको उक्त म्युजिक भिडियोमा चुलबुले केटीको प्रेमकथालाई उतारिएको थियो, जो गायिका ममताले नै चुलबुले केटी बनेकी छन् । यस म्युजिक भिडियोलाई गोबिन्द गुर्माचनले निर्देशन गरेका हुन् । बिनोद खम्बुको संगीत र उदयराज पौडेलको म्युजिक एरेन्जमेन्ट रहेको लोक पपगीत शैलीको यस गीतको भिडियोमा ममता र बालकृष्णका अलावा सृजन गुर्माचन र बिचना राईले पनि अभिनय गरेका छन् । हेर्नुस् म्युजिक भिडियो ।

Comments