डिआईडीको उत्कृष्ट १० मा निर्मल (भोटिङ कोडसहित)
screennepal
प्रकाशित: २०७२, २५ भाद्र शुक्रबार
no img

काठमाडौं । भारतीय चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’ डीआईडीमा नुवाकोट विदुर नगरपालिकाका २३ वर्षीय निर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफल भएका छन् । पूर्वभारतीय सेनामा कार्यरत शेरबहादुर तामाङका कान्छा छोरा निर्मल वैसाखदेखि ‘डीआईडी’ प्रतियोगितामा सषर्घ गरिरहेका छन् । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवतीलगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको यस प्रतियोगिता भारतीय च्यानल ‘जी टिभी’ बाट प्रत्येक शनिबार र आइतबार राति सवा नौबजे प्रशारण हुँदै आएको छ ।

nirmanl
उत्कृष्ट दशपछि छनोट हुनलाई भोटिङको साहरा लिनुपर्ने छ । निर्मललाई भोटिङ DID5 space NIR send to ५७५७५ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस सेवा नेपालबाट गर्न सकिनेछ । त्यस्तै अनलाईनबाट पनि उनलाई भोट गर्न सकिने छ । जसको लागि www.zeetv.com/nir लेखेर अनलाईन भोटिङ गर्न सकिने छ । भोटिङ गर्ने समय शनिबार राती नौ १५ देखि बुधबार साँझसम्म हुनेछ ।

12003890_10207911207806987_518643627193110529_n
विश्वको जुनसुकै ठाउँबाट पनि भोटिङ गर्न सकिनेछ । आफ्नो छोराभन्दा निर्मल नेपालकै छोरा भएको कारण उनलाई भोट गर्न उनका बुबा शेरबहादुरले आग्रह गरेका छन् । उनी भन्छन, ‘निर्मलले जित्यो भने नेपालकै शान उच्च हुन्छ ।’ यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका छन् ।

Comments