कुरा उल्टो परेपछि छाडें बादशाह : श्रुति
screennepal
प्रकाशित: २०७२, २५ भाद्र शुक्रबार
no img

मुम्बई । बलिउड अभिनेत्री श्रुति हसनले मिलन लुथरियाको आगामी फिल्म ‘बादशाह’ मा काम नगर्ने भएकी छन् । यसअघि फिल्म श्रुति रहने बताइएको थियो । फिल्ममा अजय देवगन पनि मुख्य भूमिकामा छन् । फिल्ममा आफ्नो भूमिका फेरबदल गरिएपछि श्रुतिले काम नगर्ने भएकी हुन् ।

?????????????????????????????????????????????????????????????
श्रुति हसन निकट स्रोतका अनुसार श्रुति र मिलनको केही कुराकानी भएको थियो । श्रुतिले उक्त कुराकानीका क्रममा फिल्मको कथा र आफूले गर्ने भूमिकाबारे कुरा राखेकी थिइन् । आफ्नो भूमिका सुनेपछि श्रुति फिल्ममा काम गर्न राजी भएकी थिइन् । तर, स्क्रिप्ट पढ्न मागेपछि पहिले जस्तो कुरा गरिएको थियो त्यस्तो नपाएपछि काम नगर्ने बताएकी छन् । ‘फिल्ममा मलाई बताइएको भूमिका नै छैन’ श्रुतिलाई उदृत गर्दै स्रोतले भन्यो, ‘भूमिका मन नपरेपछि काम नगरेकी हुँ ।’ श्रुति अहिले आफ्नो तमिल फिल्म ‘पुली’ को रिलिजको पर्खाइमा छिन् ।

Comments