लालबाबुले भने, ‘कलाकारले अमेरिकामा पेट्रोल भरेर बसेको ठीक लाग्दैन’
screennepal
प्रकाशित: २०७२, २३ भाद्र बुधबार
no img

काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राजधानीमा आयोजित एक भिडियो एल्बम सार्वजकि गरेका छन् । समन अधिकारीले निर्देशन गरेका ५ वटा म्यूजिक भिडियोको विमोचनका लागि पुगेका लालबाबुले डीभी र पीआरप्रति मोह देखाउने कलाकारप्रति आक्रोश पोखेका थिए । उनले आफू नेपाली कलाकार भनेर अमेरिकामा पुगेपछि पेट्रोल भर्ने र डिपार्टमेन्ट स्टोरमा काम गर्ने प्रवृत्ति पटक्कै चित्त नबुझेको बताए । नेपाल सरकारको विशिष्ट श्रेणीमा रहेका, सरकारी पद दिइएका संगीतसँग आवद्ध मान्छेलाई पनि डीभी र ग्रिनकार्ड किन चाहियो भन्दै उनले प्रश्न गरेका थिए । तर, उनले कलाकारको नाम भने उल्लेख गरेनन् ।

Lalbabu
बजारमा संगीतकार शम्भुजित बास्कोटाले अमेरिकाको पीआर लिएको चर्चा चलिरहँदा लालबाबुले घुमाउरो शैलीमा उनलाई इंगिकत गरेका थिए । उनले अरु देशको संविधानप्रति वफदार कलाकार किन हुने भन्दै नेपालको संविधानप्रति किन वफादार हुदैनन् भनेर प्रश्न पनि गरे । उनले कलाकारलाई संसारभर गएर देशको नाम उचाइमा पु¥याउन आग्रह गरेका छन् ।
प्रमिला भण्डारी ‘सेर्वु’को एकल रचना रहेको ‘सौभाग्य’ एल्बम बिमोचनका लागि लालबाबु ¥याडिशन होटल पुगेका थिए । यो संग्रहमा ५ वटा भिडियो समावेश छ । गीतकार भण्डारीले स्कुले जीवनमा लेखेका गीतहरु लामो समयपछि बजारमा ल्याउन पाउ“दा अत्यन्त खुशी लागेको बताइन् । यो एल्बमका गीतमा दिपक शर्मा, हिमाल सागर, कल्याण सिंह, साजन राइको संगीत, रामकृष्ण ढकाल, हिमाल सागर, मिलन अमात्य, साजन राईको स्वर छ । भिडियोमा रीमा वीक, सुप्रिया कटुवाल, अयुव केसी, बाबु थापा, लक्ष्मण पाण्डेले मोडलिङ गरेका छन् ।

Comments