सौन्दर्य स्पर्धामा गृहिणी पनि (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २३ भाद्र बुधबार
no img

IMG_0589
काठमाडौं । रिवन इन्टरटेनमेन्टले बालबिबाहविरुद्ध आवाज उठाउँदै गृहिणीलाई सौन्दर्य प्रतियोगिताममा उतार्ने भएको छ । गृहिणी तथा विभिन्न पेशामा आबद्ध विबाहित महिलाबिच ‘मिसेस नेपाल इन्टरनेशनल–२०१५’ आयोजना गर्न लागेको रिवनले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार गृहिणीहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वावलम्बी बनाउनका लागि प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगीलाई व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कशप, ग्रुमिङ, क्याटवक, श्रृंगार, जुम्बा, स्वीमिङलगायतका प्रशिक्षणपश्चात स्पर्धामा उतारिने जनाइएको छ । कार्यक्रमको अन्तिम स्पर्धा असोजमा राजधानीमा हुने जनाइएको छ ।

IMG_0681

IMG_0795

Comments