हरिवंश पत्नी रमिलासँग ‘चुच्चे हिमालमा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २३ भाद्र बुधबार
no img

काठमाडौं । मह जोडी हाँस्यब्यंग्यमा जति चर्चित छन्, गीत संगीतमापनि उति नै । नियमित गीत बजारमा नआए पनि महद्वारा गाइएका गीत बेला बेलामा आइरहेका छन् । यसैबीच महका ‘ह’ अर्थात हरिवंश आचार्यले गाएको नयाँगीत ‘चुच्चे हिमालमा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा राष्ट्रप्रेमसँगै प्रेमी प्रेमिकाको स्वच्छ मायालाई पनि बोलिएको छ । हरिवंशआचार्य स्वयंले लेखेको गीतमा संगीत पनि उनैको छ ।

hari bansha

‘चुच्चे हिमालमा, मै जहाँ भएनि मेरो मुटु नेपालमा’ बोलको गीतको म्युजिक भिडियोमा नयाँपन पाइन्छ । स्टुडियोमा खिचिएको सो भिडियोको बारेमा आचार्यले भने, ‘खासमा भिडियो बनाउने नै भनेर फुटेज खिचिएको त होइन । तर पछि त्यही फुटेज आर्कषक हुने जस्तो लागेर म्युजिक भिडियोको स्वरुप दिइएको हो ।’ यस गीतिको भिडियोमा हरिवंश पत्नी रमिला आचार्यलाई पनि देख्न सकिन्छ ।
सार्वजनिक यस गीतका भावले नेपालीमनको मिठो माया अनि चुच्चा हिमालझैं अटल र निश्चल स्वभावलाई शब्दभावमा ब्यक्त गरिएको छ । यस गीतको म्युजिक भिडियोलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् भने सगीत संयोजन जीवित जल्मीले गरेका हुन् ।

Comments