२८ सेप्टेम्बरमा हङकङ ताक्दै विनोद खम्बु
screennepal
प्रकाशित: २०७२, २३ भाद्र बुधबार
no img

काठमाडौं । फेरि एकपटक गायक तथा संगीतकार विनोद खम्बुले हङकङबासी नेपालीलाई नचाउँदैछन् । ‘बसमा छैन यो मन’ चलचित्रमार्फत पाश्र्व संगीत तथा गायनमा चम्किएका विनोद यही २८ सेप्टेम्बरमा हुने एक विशेष सांगीतिक कार्यक्रममा सहभागी हुन हङकङ जाँदैछन् । ‘म दोस्रोपटक हङकङ जाँदैछु’ विनोदले स्क्रिन नेपालसँग भने, ‘यसपालि मेरो केही नयाँ सिर्जना पनि प्रस्तुत गर्नेछु ।’ विनोद केही महिनाअघि मात्र सांगीतिक कार्यक्रमका लागि ‘हङकङ पुगेका थिए ।

Binod khambu
यसपटक भने विनोदलाई ‘किरात राई चाम्लिङ यालुङ्छा परिवार, हङकङको निम्तोमा त्यहाँ जान लागेका हुन् । हङकङमा बस्दै आएका किरात राईहरुले सामुहिक चुलाघर ‘माङ खीम’ मनाउँदैछन् । सोही अवसरमा उनीहरुले हङकङमा नेपाली कलाकारलाई बोलाएर सांगीतिक कार्यक्रम गर्न लागेका हुन् । सो कार्यक्रममा विनोदलगायत नेपालबाट गायक सविन राई, देबेश राई र मोडल तथा नृत्यांगना पार्वती राई पनि हङकङ जाँदैछन् । उनीहरु कलाकार हङकङका लागि परिचित कलाकार हुन् । यसअघि सबैले त्यहाँ आफ्नो कला प्रस्तुती देखाइसकेका छन् ।
विनोद पछिल्लो समय व्यस्त युवा गायक तथा संगीतकारका रुपमा चिनिन्छन् । दर्जनौ गीतमा स्वर तथा संगीत दिइसकेका विनोदले आधा दर्जन चलचित्रमा समेत संगीत दिइसकेका छन् । गायनबाट सांगीतिक करिअर सुरु गरेका विनोद भन्छन्, ‘अहिले गायन र संगीतलाई बराबरी समय दिँदै आएको छु ।’ तर, गायनबाटै आफ्नो पहिचान बनाएका कारण उनलाई श्रोताले गायककै रुपमा बढीले चिन्ने गरेका छन् ।

Comments