नबिनको निर्देशनमा अशिष्मा र निराजनको रोमान्स
screennepal
प्रकाशित: २०७२, २२ भाद्र मंगलवार
no img

0023
नेपाली चलचित्र क्षेत्रका चर्चित नायिका अशिस्मा नकर्मी र म्युजिक भिडियोका ब्यस्त मोडेल निराजन प्रधान एउटै पर्दामा देखिने भएको छ | सोमबार हात्तीबन रिसोर्टमा भएको गायक महेश थुलुङको पलमै हसायौ बोलको गीतमा आब यी दुई मोडल तथा नायिका संगै देखिने भएका हुन् | फोटोपत्रकार नबिन गुरुङले यी दुई चर्चित नायिका र मोडेललाई एकै पर्दामा ल्याउने काम गरेका हुन् |

नबिन गुरुङको निर्देशन र छायाँकनमा रहेको उक्त म्युजिक भिडियो आफुहरुको यो नै पहिलोकाम भएकोले निकै महत्वपूर्ण रहेको नायिका अशिष्मा नकर्मीले बताइन |
IMG_9745
फोटो पत्रकारिता र म्युजिक भिडियो छायांकनमा ब्यस्त नबिन गुरुङले पनि पहिलोपटक आफुले म्युजिक भिडियो निर्देशन गरेकाले आफ्नो लागी पनि यो म्युजिक भिडियो निकै महत्वपूर्ण रहेको बताए |

यस म्युजिक भिडियोमा अशिश्मा र निराजन संगै कलाकार सुनिल मगरले पनि अभिनय गरेका छन् |मण्डला थिएटरमा आबद्ध सुनिल मगर नाटकमा ब्यस्त कलाकार हुन् |

गायक महेश थुलुङ्को एल्बम मोमेन्टमा समावेश यस म्युजिक भिडियोलाई छिट्टै नै सार्वजानिक गरिने गुरुङले बताएका छन् |

Comments