एउटै स्टेजमा पोखरेली र काठमाडौका युवती (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १३ भाद्र आईतवार
no img

2

पोखरा । राजधानी र पोखराका युवतीले शनिबार पोखरामा आयोजित एक फेसन सोमा क्याटवाक गरे । ‘फेसन सो’मा रिवन इन्टरटेनमेन्टले आयोजनामा राजधानीमा गर्न लागेको ‘सुपर मोडल कन्टेस्ट–२०१५’ र ब्लु रेज र आइरिस व्युटी पार्लरले पोखरामा हुने ‘मिस डिभा पोखरा’ का प्रतियोगीले -याम्प नापेका थिए ।

4
गीत संगीत र हास्य प्रस्तुतिसहित आयोजित फेशन सोमा ‘सुपर मोडल कन्टेस्ट’ का ३२ तथा ‘मिस डिभा पोखरा’ का १७ प्रतिस्पर्धीले ¥याम्पमा सहभागी जनाएका थिए । सहभागीले आपुूलाई विभिन्न सिक्वेन्समा प्रस्तुत गरेका थिए । ‘सुपर मोडल कन्टेस्ट’ का स्पर्धीलाई कोरियोग्राफर अश्विनी झा र ‘मिस डिभा पोखरा’का स्पर्धीलाई सलिना गुरुङले कोरियोग्राफी गरेका थिए ।

1
पोखरास्थित लिगेसी होटलमा आयोजित फेशन सोमा हास्य कलाकार महादेव त्रिपाठीले जादुका साथ हास्य व्यंग्य प्रस्तुत गरेका थिए भने गायक भरत समरीले आप्mना दुई गीत प्रस्तुत गरेका थिए । डिजेइङ र डान्स पार्टीसहितको कार्यक्रम भुवनप्रकाश आचार्यको प्रमूख आतिथ्यता तथा पत्रकार विदुर गिरी, फिल्म निर्देशक सुमन दाहाल, नेत्र गुरुङ, प्mलाइटेकका प्रमूख कार्यकारी अधिकृत नाजिर हुसेनलगायतका आतिथि थिए । प्रतिस्पर्धामा रहेका युवतीलाई व्यवहारिक अनुभवका फेशन सो गरेको रिवनकी अध्यक्ष निशु झाले बताइन् ।

3

Comments