जानकी पन्तको ‘हल्का मोडलिङ’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ७ भाद्र सोमबार
no img

 गीतिलेखनबाट मोडलिङमा हाम्फालेकी जानकी भन्छिन्, ‘आफ्नै गीतबाट मोडलिङ सुरु गरेकी हुँ । तर, अहिले अरुका गीतमा पनि मोडलिङका लागि प्रस्ताव आउन थालेको छ । प्रस्ताव आएपछि किन नाई भन्ने भनेर नि ।’

एमपी सुब्बा

काठमाडौं । जानकी पन्तको खाश परिचय के हो ? प्रश्न भुईंमा खस्न नपाउँदै उनी भन्छिन्, ‘गीतकार’  हो, उनी चिनिने गीतकारकै रुपमा हो । तर, अब गीतकारमात्र भनेर जानकीको परिचय पूरा हुन्न किनकि, उनी गीतमात्र लेख्दिनन् । जानकी उपन्यास पनि लेख्छिन् । तर, उपन्यासकारचाहिँ बनिसकेकी छैनन् । बरु मोडलचाहिँ भइसकेकी छन् जानकी । हिजोआज जानकी मोडलिङमै ब्यस्त छिन् । गीत लेख्दालेख्दै उपन्यास लेखनमा होमिएकी जानकी अब मोडल नै बनेकी हुन् त ? जानकीले स्क्रिन नेपालसित हाँस्दै भनिन्, ‘हल्का भन्नुप-यो ।’ उनले केही गीत गाएकी पनि छन् । तर, यसलाई यही छाडौं ।

janaki_hari-timilsina-61

आधा दर्जनमा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी जानकीले भनिन्, ‘मैले मोडलिङ गरेका तीन वटा म्युजिक भिडियो रिलिज भइसके भने केही आउन बाँकी नै छ ।’ जानकी अभिनीत ‘केही त बोलन’ र ‘बाचा त गरेँ’ गीतको म्युजिक भिडियो केही महिनाअघि नै रिजिल भइसकेका हुन् । यसै साता उनी अभिनीत ‘छाडेर मलाई गए पनि’ गीतको म्युजिक भिडियो रिलिज भएको छ । यसरी गीतिलेखनबाट मोडलिङमा हाम्फालेकी जानकी भन्छिन्, ‘आफ्नै गीतबाट मोडलिङ सुरु गरेकी हुँ । तर, अहिले अरुका गीतमा पनि मोडलिङका लागि प्रस्ताव आउन थालेको छ । प्रस्ताव आएपछि किन नाई भन्ने भनेर नि ।’

janaki panta
गीत र मोडलिङको पछि लाग्दा उपन्यास लेखन ‘ब्रेक’ भएको हो ? ‘होइन’ जानकी सजिलै भन्छिन्, ‘पढाइका कारण रोकिएको हो । अब चाँडै पूरा गर्छु ।’ उनका अनुसार उपन्यास लेखन कार्य ९५ प्रतिशत पूरा भएको छ । उनले आफ्नो उपन्यासको नाम ‘गुड बाई काठमाडौं’ जुराएकी छन् । तर, यो नाम ‘सेक्रेट’ हो । ‘अहिलेसम्म उपन्यासको नाम सार्वजनिक गरेकै छैन’ जानकीले भनिन्, ‘गुड बाई काठमाडौं’ राख्ने कि भन्ने लागेको छ ।’ तर, यस्तै नाममा निर्देशक नविन सुब्बाले केही वर्षअघि नै चलचित्र निर्माण सुरु गरेका थिए । चलचित्रचाहिँ बनेको छ्रन । चलचित्र बन्छ बन्दैन भन्ने पनि टुंगो छ्रैन किनकि, चलचित्रको काम रोकिएकै ढेड वर्ष बित्न लाग्यो । चलचित्र ‘गुड बाई काठमाण्डु’ बन्दैछ भन्ने थाहा पाएपछि जानकीले भनिन्, ‘मेरो उपन्यासको कथासँग गुड बाई काठमाण्डु ठ्याक्कै मेल खान्छ । यही नाममा चलचित्र निर्माण हुँदै छ भने अब के गर्ने होला ?’ जानकी दोधारमा परिन् ।
जानकी अभिनीत यो साता रिलिज भएको ‘छाडेर मलाई गए पनि’ गजल हो । सीपी गौतमको यस गजलमा गैरे सुरेशको संगीत र सत्यराज आचार्यको स्वर रहेका छ । यस म्यूजिक भिडियोलाई नारायण ढकालले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा जानकीका अलावा नारायण ढकाल र प्रदीप बाबुको पनि अभिनय छ ।

https://www.youtube.com/watch?v=80HTOFShl_8

Comments