तिज नजिकिँदै गर्दा गायत्रीलाई ‘माइतीको झल्को’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ३ भाद्र बिहीबार
no img

काठमाडौं । महिलाहरुको विषेश पर्वका रुपमा लिइँदै आएको तिज आउन अब धेरैदिन छैन । घुमिफिरि वर्ष दिनमा आउने तिज यसपालि पनि नजिकिँदै छ । तिजको दर खाने दिन नजिकिँदै गर्दा गायिका तथा गीतकार गायत्री थापालाई माइती घरको झल्कोले सताउन थालेको छ । उनले आफ्नो मनको पीडा गीतबाट ओकलेकी छन् ।

gaytri
यसपालिको तिजलाई भनेर उनले ‘माइती घरको झल्को’ बोलको गीत ल्याएकी छन् । गायत्रीको शब्दरचना रहेको उक्त गीतमा गायिका देवी घर्तीमगरले स्वर भरेकी छन् । म्युजिक भिडियोमा गीतकार गायत्रीले नै मोडलिङ गरेकी छन् । तिजको गीत भएकाले आफैले अभिनय गरेको उनले बताइन् । ‘यो गीत मैले माइती घर सम्झेर लेखेको हुँ’ गायत्रीले भनिन्, ‘त्यसैले मोडलिङ पनि आफैले गरेकी हुँ ।’ पछिल्लो समय गीतकारितासँगै गायनमा समेत सक्रिय गायत्रीले भनिन्, ‘मोडलिङ गर्ने मेरो रहर होइन, तर तिजको गीतमा नाँच्दा केही फरक पर्दैन भनेर नाचेकी हुँ ।’ यस गीतको भिडियोलाई जीवन सेन्चुरीले निर्देशन गरेका हुन् ।

Comments