झ्याईं पादैं गायक सुमन
screennepal
प्रकाशित: २०७२, ३२ श्रावण सोमबार
no img

काठमाडौं । गायक सुमन श्रेष्ठ ‘संगम’ले चाँडै सांगीतिक क्षेत्रमा झ्याईं पार्दैछन् । मोफसलमा बसेर सांगीतिक करिअर अगाडि बढाएका सुमनले भने, ‘मेरा दर्शक तथा श्रोताका लागि झैं पार्ने ल्याउँदैछु ।’ उनले आफ्नो नयाँ गीत ‘झ्याईं पार्ने’ म्युजिक भिडियोमा ल्याउन लागेका बताए ।

suman shrestha
डेढ वर्षअघि ‘सुमन’ नामक गीति एल्बममार्फ नेपाली सांगीतिक क्षेत्रमा करिअर प्रारम्भ गरेका सुमनले भने, ‘अहिले एल्बम दृश्य ल्याउने तयारीमा छु । यो मेरो दोस्रो एकल एल्बम हो ।’ ‘झ्याईं पार्ने’ बोलको गीत यसै एल्बमको हो । एल्बमका चार गीतमध्ये ‘झ्यार्इं पार्ने’ को म्युजिक भिडियो तयार पारेको बताउँदै भने, ‘लोकफ्लेभरको यस गीतलाई प्रमोसन गर्ने सोचले भिडियो बनाएको हुँ । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीत रहेको ‘झ्याईं पार्ने’ गीतको शब्दरचना सुमनकै हो ।
केदार धितालले निर्देशन गरेको यस गीतको भिडियोमा पल शाह र अनु शाहले मोडलिङ गरेका छन् । यो म्युजिक भिडियो यसै साता रिजिल गर्ने सुमनले बताए । उनले भने, ‘यो साता झ्याईं पार्ने गीतको भिडियो रिजिलसँगै प्रमोसन सुरु गर्नेछु । एल्बमचाहिँ मंसीरमा मात्र रिलिज गर्ने सोच छ ।’ उनका अनुसार एल्बम ‘दृश्य’ मा पीडित छन् यहाँ जनहरु, जीवन आखिर, भन्छौ किन र झैं पार्नेसहित चार वटा
गीत रहनेछन् ।

Comments