तस्बिरमा ममताको ‘टुनामुना’ (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, ३१ श्रावण आईतवार
no img

काठमाडौं । गायिका ममता राई शनिबार चोभारको डाँडामा ‘टुनामुना’को तालमा नाचिरहेकी भेटिइन् । बालकृष्ण पुनको टुनामुनामा परेकी ममता शेर्पेनी पहिरनमा निकै चुलबुले देखेकी थिइन् । ममता र बालकृष्णको मायावी ताललाई क्यामेरामा कैद गरिरहेका थिए, फोटोपत्रकार तथा छायांकार नविन गुरुङ ।

nepalimusicvideoshooting
यो प्रशंग ममताको गीति एल्बममा समेटिएको ‘टुनामुना’ गीतको म्युजिक भिडियो छायांकनको हो । चुलबुले केटीको प्रेमकथालाई म्युजिक भिडियोमा उतारिएको थियो, जसमा गायिका ममताले नै चुलबुले केटीको भूमिका गरेकी छन् । यस म्युजिक भिडियोलाई गोबिन्द गुर्माचनले निर्देशन गरेका हुन् । बिनोद खम्बुको संगीत र उदयराज पौडेलको म्युजिक एरेन्जमेन्ट रहेको लोक पपगीत शैलीको यस गीतको भिडियोमा गायिका ममता र बालकृष्णका अलावा सृजन गुर्माचन र बिचना राईले पनि अभिनय गरेका छन् । यो म्युजिक भिडियो चाँडै दर्शक/श्रोतामाझ आउने ममताले बताइन् । तस्तिर : माईकल गुरुङ

nepalimusicvideoshooting2 nepalimusicvideoshooting0 nepalimusicvideoshooting8

Comments