‘कोही छ ?’ भन्दै चारजनासँग रोमान्स (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २९ श्रावण शुक्रबार
no img

काठमाडौ । केही समयअघिसम्म विशाल राईलाई  भन्ने गरिन्थ्यो, ‘रंग पत्रकारितामा जम्दैछ केटो ।’ भनेजस्तै थोरै समयमै जमे पनि । तर, अब रंग पत्रकारितामा मात्रै होइन, मोडलिङमा पनि जम्दैछन् विशाल । गायिका तायाहाङ्मा राई एक गीतमा मोडलिङ गरेपछि विशालले यो सम्भावना देखाएका हुन् ।

bishal

गायिका राईको ‘कोही छ’ बोलको गीतमा विशालले मोडलिङ गरेका छन् । जुन भिडियो हालै रिलिज गरिएको छ । भिििडयोमा प्रेमका कारण मित्रता नै तोडिने यर्थात् तितोसत्यलाई चित्रण गरिएको छ । नितिन चन्दले निर्देशन गरेको सो म्युजिक भिडियोमा तीन युवतीले एकै युवकलाई मनपराउँदा कस्तो परिणाम आउन सक्छ भन्ने कथा देखाउन खोजिएको छ । ती तीन युवतीको सिंगल हिरो भएर विशालले मोडलिङ गरेका छन् । साथै,  भिडियोमा गायिका स्वयम् पनि अभिनय छ ।

tayahangma rai

Tayahangma rai, Singer

गायिकासहित भिडियोमा विशालले एलिसा राई, सुमन र त्रिप्तासँग रोमान्स गरेको देख्न सकिन्छ । गायिका राई पछिल्लो समय दोस्रो एल्बम ‘तराना’ लिएर केही समय अगाडी दर्शकमाझ आएकी हुन् । नेपाली संगीत क्षेत्रमा ७ वर्षको अनुभवसँगै डा. किरातसँँग औपचारिक रुपमा ४÷५ वर्ष संगीत प्रशिक्षण लिएकी तायाहाङमाले एल्बम ल्याएकी हुन् । २०६७ सालमा आधुनिक गीत स्वर परिक्षा पास गर्दै २०६८ सालमा लोकतन्त्र दिवसमा आयोजित काठमाडौमा राष्ट्रब्यापी गायन प्रतियोगीतामा प्रथम भएकी थिइन् ।  ५ गीत र एक म्युजिक ट्रयाक समावेश रहेको एल्बममा ‘आऊ तिमी, जिवनसँग, जसलाई देवता, मायाको गहिराई र कोही छ’ बोलको गीत समावेश गरिएको छ । जसलाई देवता बोलको गीत एल्बममा म्युजिक ट्र्याक पनि समावेश गरिएको छ । राज सागरले संगीत दिएका छन् ।

https://www.youtube.com/watch?v=LeBevPaRxFs

Comments