भुवनले एक्लै मनाए जन्मदिन
screennepal
प्रकाशित: २०७२, २६ श्रावण मंगलवार
no img

काठमाडौं । गायक भुवन सुप्तिहाङ राईले सोमबार आफ्नो  जन्मदिन मनाए । नजिकका साथीभाई र परिवारका साथमा केक काटेर जन्मदिन मनाएका भुवनले उमेर भने बताएनन् । अधिकांश सेलिबेटीले धुमधामसँग जन्मदिन मनाउने गरे पनि ‘कतिऔं’ भनेर खुलाउँदैनन् । यस्तै, पछिल्लो समय सुगमसंगीतमा चर्चा रहेका भुवनले पनि उमेर बताउन चाहेनन् । उनले भने, ‘वर्षचाहिँ नबताएकै राम्रो होला ।’

bhuwan
नेपाली सांगीतिक क्षेत्रमा एक दशकभन्दा बढी विताइसकेका भुवनले यसै वर्ष घरजम सुमित्रा राईसँग घरजम बसाएका हुन् । तर, विवाहपश्चायत पहिलो जन्मदिनको उत्सवमा सुमित्रा भने सहभागी थिइनन् । ‘उनी (श्रीमती) अमेरिकामा छिन्, त्यसैले यहाँ उपस्थित हुन सकिनन् । अमेरिकाबाटै सुमित्राले फोनबाट मलाई शुभकामना दिइन् ।’
केही साताअघि मात्र भेडेटारलाई चिनाउने गीत गाएका भूवन अहिले पाँचौ सोलो एल्बम ल्याउने तयारी गर्दैछन् । सञ्चारकर्मी गोपाल दाहालको शब्द रहेको उक्त गीतमा पूर्वी नेपालको पर्यटकीय स्थान भेडेटारलाई समेटिएको छ ।
उदयपुरको बसाहा–७ सावलीटोलका भुवनले यहाँसम्म आइपुग्दा नेपाली गीतसंगीत क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका छन् । ०६० सालमा ‘तिम्रो माया’ एल्बम निकालेर संगीतकर्ममा होमिएका भुवनले गत वर्ष चौथो एकल एल्बम ‘बदनाम’ बजारमा ल्याएका थिए । अहिले उनी आफ्नो पाँचौं एल्बम ‘सम्मान’ ल्याउने तयारीमा छन् । एल्बमको नाम ‘मेरो सम्मान’ आफ्नो अघिल्लो जन्मदिनमा उनले घोषणा गरेका हुन् । यसलाई उनी सार्थक बनाउन चाँडै श्रोतामाझ ल्याउने उनले बताए ।
दुई सय ५० भन्दा बढी गीतमा स्वर दिइसकेका भुवनको संगीतमा दीप श्रेष्ठ, राजेश पायल राई, कुमार कान्छा, सत्यकला राई, एपी शेर्पा, दिपेन गुरुङ, उमङ लामा, अनिता मोक्तान लगायत एक सय ५० भन्दा बढी गीतमा संगीत दिइसकेका छन् । भुवनले गाएका ‘आइडी छ कि छैन बहिनी’, ‘काम गरे नि कसैले अपजस त पा’कै छ’, ‘इलाम बजार घुम्ने रहर’, ‘मायाको फूल’ जस्ता दर्जनभन्दा बढी गीत चर्चित छन् ।
संगीतमा निरन्तर संघर्ष गर्न सके संगीत क्षेत्रलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने उनको मान्यता छ । भुवन भन्छन्, ‘यो क्षेत्रमा प्रतिष्पर्धा धेरै छ, नचल्नेलाई सारै गाह्रो छ, चलिसकेपछि फुर्सद हुँदैन ।’ जीन्दगीभर संगीतमै लाग्ने प्रण गरेको भुवन पछिल्लो समय गजलतिर पनि उत्तिकै आकर्षित छन् । चौथो एल्बममा उनले ‘तिमीलाई निथ्रुक्कै भिजायो’ र ‘आँशुको दागले’ जस्ता गजल गाएका भुवन भन्छन्, ‘गजलबाट पनि राम्रै रेस्पोन्स पाइरहेको छु ।’

Comments