सांगीतिक कार्यक्रम लिएर युरोप उडिन् सोनिका
screennepal
प्रकाशित: २०७२, २६ श्रावण मंगलवार
no img

काठमाडौं । पछिल्लो समय चर्चामा आएकी गायिका सोनिका लामा सांगीतिक कार्यक्रमका लागि मंगलबार (आज) साँझ युरोप उड्दैछिन् । पहिलोपटक यरोप जान लागेकी सोनिकाले भनिन्, ‘पहिलोपटक युरोप टुरमा जाँदैछु । निकै एक्साइटेड भएकी छु ।’

sonika lama (3)
सोनिकाले आफ्नो सांगीतिकयात्रा बेल्जिमयबाट सुरु हुने बताइन् । उनले भनिन्, ‘त्यसपछि जर्मनी, डेनमार्क, स्वीडेन र नेदरल्याण्डलगायतका आधा दर्जन यरोपपियन मुलुकमा सांगीतिक कार्यक्रम पस्कने छु ।’ उनी एनआरएन जर्मनीको निम्तोमा त्यसतर्फ लागेकी हुन् । उक्त टोलीमा गायक दिनेश गौतमलगायतका कलाकार पनि सहभागी हुनेछन् । तर, उनीहरु केही दिनपछि मात्र त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

sonika lama 11
‘मंगलबार म एक्लै जाँदैछु’ उनले भनिन्, ‘अरु साथीहरु केही दिनपछि मात्र आउनेछन् ।’ व्यक्तिगत काम भएकाले अगाडि उड्न लागेको सोनिकाले बताइन् । ०६४ सालमा ‘बेसहारा’ नाम एल्बम निकालेर सांगीतिक उडान भरेकी सोनिका आइटम गीतबाट चम्केकी हुन् । एक वषअघि उनले ‘जवानीमा लाली चढ्यो’ बोलको आइटम नम्बर गाएकी थिइन्, जुन गीतले उनी रातारात चर्चामा आइन् । उक्त गीत चर्चामा आइरहेकै बेला ‘सोह्र वर्षे जवानीले लास्टै मातियो’ बोलको आइटम नम्बर गाएपछि त उनलाई भ्याई नभ्याई भएको छ । आइटम नम्बरको चर्चाकै कारण उनी युरोप टुरमा जान सफल भएकी हुन् ।
त्यसो त सोनिकाको अन्य गीतले चर्चा नपाएको भने होइन । ०६७ सालमा ‘कस्तो यो जीवन’ नामक एल्बम ल्याएकी सोनिकाले ०६७ मा ‘सोनिकाको जवानी’ ल्याएकी थिइन् । उनका ‘बेसहारा भए छ यो जीन्दगी’, ‘मैले जितेँसँगै हुन्थ्यो’जस्ता बोलका गीत श्रोताले रुचाए ।
पछिल्लो समय उनले ‘मरेँ म पलपल मरेँ’ बोलको सेन्टिमेन्टल गीत गाइन्, जुन गीत यु–ट्युबमा अहिले चर्चित छ । यसैबेला सांगीतिक टुरका लागि युरोपतिर लागेकी सोनिकाले भनिन्, ‘२७ दिनमै नेपाल फर्किने छु । त्यसपछि चौथो एल्बम ल्याउँछु ।’ उनले सेप्टेम्बर ७ मा नेपाल फर्किने बताइन् ।

Comments