‘मिस मंगोल’ प्रतियोगीले देखाए प्रतिभा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २५ श्रावण सोमबार
no img

mangol

काठमाडौं । ‘मिस मंगोल नेपाल–२०१५’का सहभागी प्रतियोगीले आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच आ–आफ्नो प्रतिभा देखाएका  छन् । ‘मिस ट्यालेन्ट’ उपाधीका लागि भएको प्रतिस्पर्धामा उनीहरुले अभिनय, गीत, नृत्य, वतृत्वकलालगायत प्रतिभा देखाए ।

mangol 2
एक्सन इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगितामा अन्तिम स्पर्धाका लागि १६ देखि २४ वर्ष उमेरका ३१ युवती भिड्दै छन् । । प्रतियोगितामा ‘ट्यालेन्ट सो’ लाई २५ प्रतिशत आधार मानिने आयोजकले जनाएको छ । ‘मिस मंगोल नेपाल–२०१५’ को ताज पोल्टामा पार्नका लागि प्रतियागीहरु करिब एक महिना यता विभिन्न आत्मविकासबारे प्रशिक्षण लिइरहेका छन् ।

mangol 1
‘ट्यालेन्ट सो’का लागि पुर्ण लामा, कला सुब्बा, सपना रोकामगर, शान्तिराम राई, गोविन्द राई र खगेश रञ्जितकार निर्णायक रहेका थिए । ‘ट्यालेन्ट राउण्ड’ मा प्रतियोगीको प्रस्तुती हेरेपछि निर्णायकमध्येका पुर्ण लामाले भने, ‘हरेक प्रतियोगी उत्तिकै प्रतिभावान देखिएका छन । उपाधीका लागि कडा प्रतिष्पर्धा हुने पक्का छ ।’
‘मिस मंगोल नेपाल’ को यस संस्करणमा पाइलट, डाक्टर, इन्जिनियर, व्यावसायिक मोडल, विभिन्न प्रतियोगीतामा सहभागी भइसकेका अनुभवी प्रतियोगी सहभागी छन् । अन्तिम स्पर्धा ३० साउनमा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

Comments