शीर्ष ताज निक्की र स्नेहालाई
screennepal
प्रकाशित: २०७२, २१ श्रावण बिहीबार
no img
Miss +2 Icon

मिस प्लस टु आइकन

काठमाडौं । ‘मिस टिन प्लस टु’को ताज निक्की थापाले चुमेकी छन् । प्लस टु अध्ययनरत छात्रालाई मध्यनजर गर्दै स्टार वन इन्टरटेनमेन्टले राजधानीमा आयोजना गरेको प्रतियोगितामा निक्कीले आफ्ना स्पर्धीलाई उछिन्दै शीर्ष उपाधि जित्न सफल भएकी हुन् । त्यस्तै, ‘मिस प्लस टु आइकन’ स्नेहा केसी घोषित भएकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा निक्कीले ‘मिस फोटोजेनिक’ र ‘मस्ट पपुलर’ अवार्डसमेत पाइन् । यस प्रतियोगितामा लुना लुईंटेल फस्ट रनरअप र जिया मल्ल सेकेण्ड रनरअप भए ।

Miss Teen +2

मिस टिन प्लस टु

त्यस्तै, एएनपीद्धारा आयोजित ‘मिस प्लस टु आइकन’ की विजेता स्नेहाले ‘मिस फोटोजेनिक’, ‘मिस ट्यालेण्ट’ र ‘मिस व्युटिफुल’ अवार्ड पनि आफ्नै पोल्टामा पारिन् । प्रतियोगितामा अलिशा रावतले फस्ट रनरअपका साथमा ‘मिस फेशन आइकन’ भइन् । सेकेण्ड रनरअपको उपाधि भने साक्षी पोखरेलले जितिन् । दुवै प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गरेका थिए ।

Comments