सावित्रीको ‘उडी आयो रानी चरी’
screennepal
प्रकाशित: २०७२, २१ श्रावण बिहीबार
no img

sabitri group for news

काठमाडौं । महिलाहरुको महान चाड मानिने तिज नजिकिँदै गर्दा यसको रमझमले धेरैलाई छोइसकेको छ । विशेषतगरी तिज गीतसंगीतमा लाग्ने स्रष्टा तथा तिज गीतका कम्मर मर्काउने मोडल तथा कलाकारलाई भ्याई नभ्याई छ । यस्तै, गायिका सावित्री जोशीलाई पनि अहिले फुर्सद छैन ।
केही बर्षयता सांगीतिक क्षेत्रमा सक्रिय सुमधुर स्वरकी सावित्रीले पछिल्ला केहि बर्षयता तिजको अवरसरमा दर्शक तथा श्रोतामाझ नयाँ–नयाँ स्वाद पस्किँदै आएकी छन् । यस्तै, यसपटक उनी नयाँ खुराक लिएर आउँदैछिन् । साबित्रीले आफ्नो नयाँे तिज गीत ‘उडी आयो रानी चरी डाँडै काटी गयो मायालाई’ को भिडियो बनाएकी छन् । जुन भिडियो केहि दिनमै सार्वजनिक हुने निर्देशक अमर जोशीले बताए ।

priya sharma1
सञ्चारकर्मी तथा उद्धमी लिला डांगीको लगानी रहेको भिडियोमा नायिका तथा मोडल शुष्मा अधिकारी र अर्की मोडल प्रिया शर्मासँग निर्देशक ओली स्वयंमले कम्मर मर्काएका छन् । सावित्रीलाई गायनमा साथ दिएका शिव हमालको शब्द रहेको यो गीतको भिडियो राजधानीमा गरिएको हो । आफ्नो गीतले तिजमा नेपाली नारीलाई कम्मर मर्काउन बाध्य पार्ने सावित्रीले अपेक्षा गरेकी छन् ।

Comments